महेन्द्रनगर । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको जस मध्ये ६ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ कञ्चनपुरका सन्जु थापाको दुर्घटना स्थलमै मृत्यु भएको छ।
यस्तै, रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ। त्यस्तै राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।
दुर्घटनामा ३० जना घाइते भएको र त्यसमध्ये ९ जनाको बुटवल रेफर गरिएको छ। अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए।