कञ्चनपुरका २ पत्रकार हाजिर जमानीमा थुनामुक्त भए

महेन्द्रनगर । विद्युतीय अपराधसम्बन्धी मुद्दामा कञ्चनपुर प्रहरीले पक्राउ गरेका दुई जना पत्रकार छुटेका छन् । माउन्टेन टेलिभिजनमा कार्यरत पुष्कर भट्ट र आभाष कुञ्ज दैनिकमा कार्यरत ऐश्वर्या कुँवरलाई प्रहरीले बुधबार राति थुनामुक्त गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले दुवै जनालाई अनुसन्धानका क्रममा बोलाएका बेला हाजिर हुने गरी आफन्तको जिम्मा लगाइएको जानकारी दिए । ‘उहाँहरुलाई अनुसन्धानका क्रममा बोलाएका बखत हाजिर हुने गरी अनुसन्धान अधिकृतले आफन्तको जिम्मा लगाउनुभएको हो,’ प्रहरी निरीक्षक चन्दले भने । पत्रकार भट्ट र कुँवरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गरेको भन्दै शनिबार पक्राउ गरेको थियो ।

आइतबार जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यो बीचमा प्रहरीले यसै मुद्दामा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई समेत पक्राउ गरेको थियो । उनीहरुलाई समेत हाजिर जमानीमा छोडिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.