महेन्द्रनगर । महेन्द्रनगर बाट काठमाण्डौका लागी छुटेको बस दुर्घटना हुँदा १०जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ । भिमदत्त नगरपालिका १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कञ्चनपुर सन्जु थापा, पुनरवास नगरपालिका निवासी विसन भट्टको दुर्घटना स्थलमै मृत्यु भएको छ ।
त्यस्तै भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भिमदत्त नगरपालिका २ बस्ने सुदिप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा बस्ने विमला देवि भट्टको पहिचान खुलेको छ । यस्तै,रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।
राती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो । दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायवउपरीक्षक हरि वलीले बताउनुभयो ।
घाईतेहरु
घाइते हुनेमा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब। कार्की, बस चालक कन्चनपुर भिमदत्त न।पा। ४ वस्ने वर्ष ४० का पुर्ण व चन्द, कैलाली वेलडाडी न पा ९ १ वस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गा पा ९२ का वर्ष २३ का शुशिल कुँवर, गुल्मी मालिका गा पा ९७ बस्ने वर्ष २९ को अर्जुन कार्की, कन्चनपुर भिमद्त्त नपा९१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कन्चनपुर महेन्द्रनगर नपा ९ १८ वस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेलौली नपा बस्ने बर्ष २२ को राजेश दयाल,
कञ्चनपुर महेन्द्र नगर नगरपालिका– १ बस्ने बर्ष १८ को नितेश सुनार रहेका छन् । त्यस्तै गोरखा शहिद लखन गापा ९७ वस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर न।पा।९३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट, कन्चनपुर भिमदत्त नपा १४ वस्ने वर्ष ३३ की गिता कुँवर निजको छोरा बर्ष १२ को नबिन कुँवर, ओखलढुङ्गा झारपुर गापा वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा नपा ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठ्माण्डौ माहानगर पालिका९ ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकारको अहिले आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
कन्चनपुर भिमदत्त नपा १६ वस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा नपा ९१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भिमदत्त नपा९१८ वस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गा.पा. ४ वस्ने वर्ष ३२ को गणेश काफ्ले, उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनकी छोरी वर्ष ३ कि श्रीष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन,
सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गा.पा ९२ वस्ने वर्ष २५ को कृष्ण नेपाली, कन्चनपुर भिमदत्त नपा १९ बस्ने बर्ष २० को सुमन विष्ट, कन्चनपुर भिमदत्त नपा – १ वस्ने वर्ष २० को मनोज सिह धामि सोही ठाउँ बस्ने वर्ष २० को अशोक सिंह, कन्चनपुर भिमदत्त न.पा ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।