अमिटी कलेजद्धारा आफनो १४ औँ वार्षिकोत्सवको अवसरमा ४२ हजार सहयोग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा रहेको अमिटी कलेजले आफनो १४ औँ वार्षिकोत्सवको अवसरमा चौपाया उद्धार तथा उपचार समाज र शारिरिक अपाङगता खेलकुद प्रवर्धन समाज कञ्चनपुरलाई ४२ हजार रुपैँया नगद सहयोग गरेको छ । आफनो सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले समुदायमा काम गर्ने समाजमा सकारात्मक परिवर्तन गर्ने संस्था लगायतलाई सहयोग गर्दै आएको छ ।

चौपाया उद्धार तथा उपचार समाजले विगतका दिनदेखी सडकमा रहेको सामुदायिक पशु चौपाया घाईते भएका जनावरहरुको उद्धार गरी उपचार गरिरहेको छ भने, अपाङगता भएका खेलाडीहरुको खेलकुदमा सहयोग होस भनेर नगद सहयोग गरिएको कलेजका अध्यक्ष गोकुलदेव भट्टले जानकारी दिए । कलेजले आफनो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिईरहेको अवस्थामा अहिले पनि आफनो बलेजको वार्षिकोत्सवमा समाजका लाग् िकेही गरिरहेका र समाजमा रहेको असायहरुलाई पनि सहयोग गर्नु पर्ने दायित्व अनुसार सहयोग गरिएको उनले बताए ।

शारिरिक अपाङगता खेलकुद प्रवर्धन समाज कञ्चनपुरका सचिव जिवन भट्टले आफुहरुलाई अमेटी कलेजले गरेको सहयोग प्रती आभार रहेको र कलेज आफुहरुलाई खेलकुद गर्नका लागी आफनो खेल मैदान दिने, विभिन्न समयमा खेलकुदको आयोजना गर्नमा सहयोग गर्ने गरेको उनले बताए । आफुहरुलाई सहयोग भएको यो रकमले अपाङगता भएका व्यक्तीहरुको खेललाई अझै माथी उठाउन र प्रवद्र्धन गर्नमा खर्च गरिने सचिव भट्टले बताए ।

अहिले पनि आफुहरुलाई खेलकुद गर्नका लागी ह्विल चियरको अभाव रहेको र साथीहरुले आफनै पुराना ह्विल चियरको प्रयोग गरेर खेल खेल्नु पर्ने अवस्था रहेको बताए । यदी आफुहरुलाई खेलकुदमा प्रयोग हुने ह्विलचियर प्रदान गर्ने ओ भने, कतिपय अपाङगता भएका खेलाडीहरु पनि बाहिर आएर आफनो सिप क्षमताको प्रदर्शन गर्ने बताए ।

अहिले कलेजको स्थापन २०६६ सालमा भएको र अहिले उक्त कलेजमा बिबिए र बिएचसिएमको विषयमा अध्यापन भईरहेको कलेजका अध्यक्ष गोकुलदेव भट्टले बताए । यो कलेजबाट अध्ययन गरेका विद्यार्थीहरुले अहिले प्रतिष्ठित संस्थामा कार्यालयमा काम गरिरहेको बताए । आफनो कलेजमा उत्पादन भएका विद्यार्थीहरु अहिले नाम राखेर काम गरिरहेका दैख्दा गौरव महसुस हुने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.