महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित ग्लोबल एकेडेमीले भीमदत्त नगरपालिकाका उपमेयर निलम लेखक जोशीलाई सम्मान गरेको छ । एकेडेमीले आफ्नो १८ औं अभिभावक दिवसको अवसरमा उत्कृष्ट जीवनीको आधारमा उपमेयरलाई सम्मान गरेको हो ।
अभिभावक दिवसको अवसरलाई लक्षित गर्दै ग्लोबल एकेडेमीले भीमदत्त नगरपालिका क्षेत्रमा सामाजिक तथा राजनैतिक व्यक्तित्वहरुको जीवनी लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेको थियो । सामाजिक सञ्जालमा राखेको जीवनी मध्ये भीमदत्त नगरपालिकाका उपमेयर निलम लेखक जोशीको जीवनी धेरै पटक हेरिएको भन्दै उपमेयरलाई सम्मान सँगै पुरस्कार समेत दिइएको ग्लोबल एकेडेमीले जनाएको छ ।
कक्षा ६ मा अध्ययनरत छात्रा हिमान्सी ओझाले उपमेयर लेखक जोशीको जीवनी लेख्नुभएको थियो । उक्त छात्राले लेखेको जीवनीलाई १० हजार बढी मानिसले सामाजिक सञ्जालमा हेरेको र उक्त जीवनीले अग्र स्थानमा आएको थियो ।
Comments are closed.