दोधारा चाँदनी १ का अध्यक्ष चन्दद्धारा लगभग २ लाख बराबरको डेस्क र बेञ्चहरु सहयोग

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ का वडा अध्यक्ष विक्रम चन्दले करिब २ लाख बराबरको डेस्क र बेञ्चहरु विद्यालयलाई सहयोग गरेका छन् । आईतवार दोधारा चाँदनी नगरपालिका १ मा रहेको श्रि महाकाली आदर्श माध्यमिक विद्यालयलाई आफनो तलब भत्ता वाफतको रकमले विद्यालयलाई आवस्यक पर्ने बेन्च र डेस्क एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका छन् ।

वि.सं २०२३ सालमा स्थापना भएको उक्त क्षेत्रकै जेष्ठ विद्यालयमा विद्यार्थीहरुका लागी बस्नलाई बेञ्च र डेस्कको अभाव रहेको हुँदा आफुले विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सहज होस भनेर आफनो निजी भत्ता तलबबाट करिब २ लाख बराबरको सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका वडा अध्यक्ष चन्दले बताए । चुनावी समममा आफुले गरेको घोषणा अनुरुप तलब भत्तालाई सामाजिक उत्तरदायित्व कार्यमा खर्च गर्ने प्रतिवद्धता जाहेर गरेको भएर पनि आफुले विद्यालयलाई सहयोग गरेको उनले बताए ।

आफुले पनि अध्ययन गरेको विद्यालयलाई केही सहयोग गर्नु पर्छ भनेर यो वर्ष बेञ्च डेस्क सहयोग गरिएको र आगामी दिनतहरुमा पनि असाहय, दलित गरिवहरु समस्या परेकाहरु, अपाङगता भएका व्यक्तीहरुलाई पनि साथ र सहयोग गर्ने बताए । विद्यालयका शिक्षक विनोद कुमार पन्तले वडा अध्यक्ष चन्दले आफनो विद्यालयमा गरेको सहयोग प्रती कृतज्ञता व्यक्त गरे विद्यार्थीहरुलाई बस्नका लागी पनि समस्या भएको अवस्थामा यो सहयोगले विद्यार्थीहरुलाई अध्ययन गर्न पनि सहजता हुने बताए ।

उनले विद्यालयमा अन्य पनि समस्याहरु रहेको बताउँदै वडा अध्यक्षले खानेपानीको लागी पनि सहयोग गरेको बताए । स्थानिय काशी दत्त भट्टले वडा अध्यक्षले गरेको सहयोगले आफना बालबालिकाले सहज रपमा अध्ययन गर्न पाउने बताए । आगमी दिनमा पनि विद्यालयका लागी सहयोग गरिदिन उनले आग्रह गरे, दोधारा चाँदनी नगरपालिकाका वडा अध्यक्ष केशवबहादुर खत्रीले वडा नम्वर १ का वडा अध्यक्ष विक्रम चन्दले गरेको कार्य सराहनिय रहेको बताए छन् ।

उक्त बेञ्च डेस्क हस्तान्तरण कार्यक्रममा बेल्दै उनले आफुले पनि आफनो व्यक्तीगत लगानीले दिनदुखी गरिब बिरामीहरुको उपचारमा र सामाजिक उत्तरदायित्वका कार्य गरिरहेको बताए । यसरी सबै जनप्रतिनिधीहरुले आआफनो क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्य गरेमा सबैको भलो हुने र कोही पनि दुखी नहुने बताए । निर्वाचनको समयमा आफुहरुले जनतालाई गरेको वाचा प्रतिवद्धता अनुरुप नै काम गरिरहेको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.