कञ्चनपुरमा फागुन १३ गतेदेखी दादुरा रुबेलाको खोप लगाईने

महेन्द्रनगर । कञ्चनपुरमा दादुरा रुबेलाको खोप अभियान संचालन हुने भएको छ । फागुन १३ गतेदेखी २१ गतेसम्म जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुबाट ९ महिना माथी १५ वर्ष मुनीका बालबालिकाहरुलाई दादुरा रुबेलाको खोप लगाईने भएको हो । मंगलवार स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चाकर्मीहरुको अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जिल्लामा रहेका ९२ वटा वडामा रहेका १ सय २ स्वास्थ्य संस्थाहरुबाट ९ महिना माथी १५ वर्ष मुनीका १ लाख ३८ हजार १ सय १२ बालबालिकाहरुलाई खोप लगाईने स्वास्थ्य कार्यालय औलो निरिक्षक शिद्धराज भट्टले जानकारी दिएका छन् ।

सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय कञ्चनपुरले फागुन १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो । जिल्लामा ५ सय ५३ बुथबाट १ हजार १ सय ६ जना भ्याक्सेनेटर र १ हजार ६ सय ५९ स्वयमसेवकहरुले दादुरा रुबेला खोपको अभियानमा काम गर्ने बताए । दादुरा र रुबेला दुबै भाइरसबाट बालबालिकामा सर्ने सरुवा रोग हुन् । ‘दादुरा भाइसरबाट सर्ने रोग हो, यसले बालबालिकाको श्वासप्रश्वास प्रणालीमा समस्या गर्छ, रुबेला पनि भाइसरबाट सर्ने रोग हो, यो पनि दादुरा जतिकै खतरनाका रोग हो’ औलो निरिक्षक भट्टले भने,‘यी दुबैको उपचार छैन, त्यसैले तोकिएको मितिमा खोप लगाउन आवश्यक छ ।

’ कञ्चनपुरका सबै ९ ओटै स्थानीय तहका ९२ वडामा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालयको तयारी छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले दादुरा रुबेदला खोप विरुद्धको अभियान कार्यक्रम निर्देशिका अनुसार तयारी थालिएको जानकारी दिए । कञ्चनपुरमा खोप अभियान सञ्चालनका लागि खोप समन्वय समिति, स्थानीय तहका स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी लगायत सरोकारवालासित कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय प्रमुख जोशीले बताए ।

खोप केन्द्र विद्यालय र स्वास्थ्य संस्था नजिक पायक पर्ने गरी राखिएको स्वास्थ्य कार्यालयका जनक बहादुर कुँबरले बताए । दादुरा रुबेला निवारणका लागि ९५ प्रतिशत बालबालिकालाई खोप लगाएको हुनु पर्नेछ । कोरोना महामारी सहित अन्य कारणले यस अघि गरिएको सर्भेक्षणमा खोपको कभरेज ८० प्रतिशत देखिएको थियो । त्यति बेला कञ्चनपुर सहित २४ जिल्लामा महामारी देखिएको थियो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्वर ६ का ३८ बालबालिकालाई दादुरा रुबेला देखिएको थियो ।

स्वास्थ्य कार्यालयका पोषण तथा खोप फोकल पर्सन कपिल जोशीले खुला सीमा नाका कारण मौसमी बसाई सराई हुने परिवारका बालबालिकालाई खोप लगाउन चुनौतीपूर्ण भएको बताए । उनले गाउँ र सहर दुबै क्षेत्रबाट बालबालिका खोप लगाउनबाट छट््न सक्ने बताए ।  स्वास्थ्य कार्यालयले खोप अभियानमा सबै बालबालिकालाई समावेश गराउन निमन्त्रणमा पठाउने भएको छ । कार्यालयले सबै वडामा वितरणका लागि निमन्त्रणा कार्ड स्थानीय तहमा पठाइ सकेको छ ।

सम्बन्धित

Comments are closed.