महेन्द्रनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कञ्चनपुर जिल्ला प्रतिनिधी लिली कुँवर उत्कृष्ठ जिल्ला प्रतिनिधी पुरस्कार सहित सम्मानित भएका छन् । ईन्सेक केन्द्रीय कार्यालयले जिल्ला प्रतिनिधी कुँवरलाई सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ठ जिल्ला प्रतिनिधीमा छनौट गरेको छ । जिल्ला प्रतिनिधीले मानव अधिकारका क्षेत्रमा उत्कृष्ठ कार्य सम्पादन गरे बाफत नगद पुरस्कार सहित सम्मान गरेको ईन्सेकले जनाएको छ ।
सोमबार काठमाण्डौँमा एक कार्यक्रमका विच उत्कृष्ट छनौट जिल्ला प्रतिनिधी कुँवरलाई प्रमाण पत्र, मायाको चिनो सहित नगद पुरस्कार प्रदान गरिएको छ । ईन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल, पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ठ छनौट भएका जिल्ला प्रतिनिधी कुँवरलाई प्रमाण पत्र, मायाको चिनो सहित नगद पुरस्कार प्रदान गरेका छन ।
ईन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ विमोचन समारोहमा जिल्ला प्रतिनिधी कुँवरलाई उत्कृष्ठ जिल्ला प्रतिनिधीको पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाजिक न्याय मानव अधिकारका क्षेत्रमा थप प्रभावकारी काममा जोड दिइन ।
पुरस्कृत भएका ईन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधी लिली कुँवरले संस्थाबाट कामको मुल्याङ्गकन गरेर पुरस्कृत गरेपछि आगामी दिनमा थप मानव अधिकारका क्षेत्रमा काम गर्न उत्साह थपिएको अनुभव पोखिन । ईन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ विमोचन समारोहमा देशैभरीका जिल्ला प्रतिनिधी सहितको सहभागिता रहेकोे छ ।