दोधारा चाँदनीमा हिँसा प्रभावित बालबालिका तथा महिलाहरुको सेवामा सहजताका लागी छलफल

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिँसा प्रभावित बालबालिका तथा महिलाहरुको सेवामा सहज एवं प्रभावकारि पहुँच वृद्धिका लागि सेवा प्रवाह गर्ने निकायहरु बिच छलफल गरिएको छ । युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स) मार्फत सुदुर पश्चिम प्रदेशमा बालबिबाह निवारण कार्यक्रम अन्तर्गत हिँसा प्रभावित बालबालिका तथा महिलाहरुको सेवामा सहज एवं प्रभावकारि पहुँच वृद्धिका लागि सेवाहरुको नक्साङ्कन र प्रेषण प्रणाली स्थापना गर्न छलफल भएको हो ।

कार्यक्रममा आफनो भनाई राख्दै नगरपालिका प्रमुख किशोर लिम्बुले आफनो पालिकामा रहेका विभिन्न संघसंस्थाहरुले हिँशामा परेका बालबालिकाहरु, महिलाहरुको क्षेत्रमा काम गरिरहेको बताए । सबै संस्थाहरुले आफनो तर्फबाट महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको भएपनि कतिपय संस्थाहरुलाई बजेटको अभाव रहेको पालिकाले पनि प्रयाप्त मात्रामा सहयोग गर्न नसकि रहेको अवस्था रहेको बताए ।

साथे सरकारको मात्रै मुख नहेरेर अन्य संस्थाहरुसंग पनि समुदायका समुहले पनि आफनो पहुँच बढाएर काम गर्ने वातावरण गराउनु पर्ने बताए । अहिले पालिकाले विभिन्न समस्याहरुको बाबजुत पनि यो क्षेत्रमा सबैले मिलेर काम गर्न र हिँशामा परेका बालबालिकाहरु र महिलाहरको क्षेत्रमा पालिकाले सदैव साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे, यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख गंगादेवी जोशीले हिँशा पिडित महिलाहरु बालबालिकाहरुलाइृ कसरी न्याय दिन सकिन्छ भनेर सबै संस्थाहरु कार्यालयहरुले काम गरेको साथ र सहयोग गरेको बताईन् ।

अहिले पनि कतिपय हिँशामा परेका दिदिबहिनीहरुलाई न्यायका लागी कहाँ जाने ? के गर्ने ? भन्ने सम्म पनि जानकारी निभएको अवस्थामा पालिकाम काम गरिरहेका बिभिन्न संस्थाहरु कार्यालयहरुले पनि सहजता गरेर काम गरिदिन आग्रह गरिन । महिला र बालबालिकाको विषय विश्वब्यापि भएकाले बालबालिका र महिलाका सवालमा कार्य गर्ने सम्पुर्ण सरकारी एवं गैर सरकारी निकायहरुले संयुक्त रुपमा काम गरि बालबालिका र महिला माथि हुने सबै प्रकारका बिभेदहरुको निबारण गर्न अत्यावस्यक रहेको नगर उपप्रमुख जोशीको भनाई रहेको छ ।

दोधारा चादनी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख डम्मरा पन्तले दोधारा चादनी नगरपालिका भारतको सिमामा रहेको भएर यहाँ बढी महिलाहरु बालबालिकाहरु हिँशामा पर्ने गरेको बताईन् । पालिकाले विभिन्न संघसंस्थाहरु संग समन्वय र सहकार्य गरेर उनिहरुको न्याय र पहुँचका लागी काम गरिरहेको बताईन्। पिडित र प्रभावितहरुलाई न्यायमा छिटो छरितो पहुँच बढाउनका लागी यो कार्यक्रमको आयोजना गरिएको सुदुर पश्चिम प्रदेशमा बालबिबाह निवारण कार्यक्रमका फिल्ड कर्मचारी शारदा जोशीले बताईन् ।

हिंसा पिडित एवं प्रभावितहरु लाई एकीकृत सेवा प्रदान गर्दै उनिहरुको न्याय र अधिकार सुनिश्चित आवस्यक रहेको उनले बताईन् । कार्यक्रमका सहभागी एवम दिदिबहिनी समुहका अध्यक्ष सितादेवी भण्डारीले हिँसा र पिडामा रहेका महिला तथा बालबालिकाहरुले आफनो न्याय पाउने सेवा प्रदायक संस्थाहरुको पहिचान गर्न नसक्दा पनि चुनौती बढदै गईरहेको बताईन् । अहिले पनि पिडितहरुले न्याय पाउनका लागी आफनो अधिकारका लागी दिने सेवा र पहुँच दिने संस्थाहरु कहाँ छन ? के कस्ता सेवाहरु छ ? भन्ने जानकारी दिन आवस्यक रहेको बताईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.