महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नयाँ प्रहरी प्रमुख एसपी चक्रराज जोशीले सञ्चारकर्मीहरु संग परिचयात्मक तथा छलफल कार्यक्रम गरेका छन् । छलफल तथा परिचयात्मक कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामीले प्रहरीले दिएको सुचनाले नै आफुहरुलाई समाचार बनाउन सजिलो हुने र समाचारको पुष्टि गर्दा पनि प्रहरीको सहयोग चाहिने बताए । साथै कुनै पनि घटना भएमा तुरुन्तै सञ्चारकर्मीहरुलाई जानकारी दिने सुचना प्रवाह गर्न वातावरण हुनु पर्ने बताए ।
जिल्लामा रहेका विभिन्न समस्याहरको जानकारी दिँदै विषेश रुपमा पछिल्लो समय बढदै गएको लागुऔषधका विषयमा पनि गम्भिर भएर रोकथाममा काम गर्न अन्य सञ्चारकर्मीहरुले आग्रह गरेका थिए । कार्यक्रममा आफनो भनाइृ राख्दै एसपी जोशीले दवाव, प्रभाव रहित ढङगबाट कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । एसपी जोशीले कुनैपनि घटनामा दवाव, प्रभाव रहित ढङगबाट कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
जिल्लाको शान्ति सुरक्षा एवं अमन चयनका लागि पूर्ण प्रतिबद्ध रहेको बताउँदै प्रहरी सचारकर्मीविच समन्वय आवश्यक रहेको औल्याए । एसपी जोशीले लागु औषध नियन्त्रण देखि गैर कानुनी गतिबिधी पुर्ण नियन्त्रण गर्दै शान्ति सुरक्षाका कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोडदिए । कार्यक्रममा सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति खगेन्द्र चन्दले समेत जिल्लाको शान्ति सुरक्षामा सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताए ।
परिचयात्मक कार्यक्रममा जिल्लाका सचारकर्मीले स्वच्छ, निष्पक्ष ढङगबाट पारदर्शी सुचना सम्प्रेषण तर्फ ध्यानाकर्षण गराएका थिए । एसपी जोशी कञ्चनपुर आउनु पूर्व लागूऔषध नियन्त्रण ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँमा कार्यरत रहेका थिए ।