वेदकोटमा रहेको अरनिको ईङगलिस सेकेन्डरी स्कुलको २८ औँ वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगर पालिकामा रहेको श्रि अरनिको ईङगलिस सेकेन्डरी स्कुलले आफनो २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताको साथ सम्पन्न गरेको छ । विहिवार विद्यालयको प्राङगणमा आफनो २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । विद्यालयले खेलकुद, विद्यालयको वार्षिक परिक्षामा प्रथम, द्धितिय, र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडल ट्रफीहरु वितरण गरेको थियो ।

साथै विद्यालयमा रहेका ४ वटा समुहका विद्यार्थीहरुले उत्कृष्ट मार्च पासको पनि प्रदर्शनी गरेका थिए । विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखी कक्षा १० सम्मका विद्यार्थीहरुले आफनो उत्कृष्ट नृत्यहरु पनि प्रदर्शन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम वेदकोेट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले आजको कार्यक्रममा महिला अभिभावकहरुको बढी सहभागिता रहँदा आफुलार्य खुसी महसुस भएको बताउनु भयो ।

उहाँले वालवालिकाहरुको पहिलो पाठशाला र पहिलो शिक्षिका भनेको आमा भएको हुँदा उनले आफना वालवालिकाहरुलाई पहिलो पाठशालाको रुपमा शिक्षा प्रदान गरी उनिहरुको भविश्य निर्धारण गरेको बताउनु भयो । उहाँले विद्या ज्ञान हो, कौशल हो,कला हो संस्कार र संस्कृती हो, व्यवहार पनि विद्या भएको हुँदा हामीले विषयलाई आधुनिकरण गरिरहँदा नैतिक शिक्षाको अभाव रहेको बताउनु भयो । साथै रुप मात्रै भएर नहुने विशाल कुलको कौशल छ तर विद्या छैन ज्ञान छैन भने बासना विनाको फुल जस्तै जिवन हुने बताउनु भयो ।

विद्यामा ज्ञान भरियो भने जिवन पनि रसिलो नैतिकवान बन्न जान्छ, जब सम्म हामीले ज्ञानको ज्योती फैलाउन सक्दैनौ तव सम्म नैतिक विद्या संस्कारी विद्या दिन नसक्ने नगर उपप्रमुख जोशीले बताउनु भयो । साथै पालिकामा सम्बन्ध विकास गरेर शिक्षा स्वास्थ्य जस्ता अति आवस्यक पर्ने विषयमा पालिकाले सदैव साथ र सहयोग गर्ने बताउनु भयो । विद्यालयका प्रबन्धक निर्देशक देवराज जोशीले अति विपन्न वस्तकिा वालवालिकाहरुलाई पनि शिक्षामा सबैको पहुँच पुय्रायएर गुणस्तरिय शिक्षा दिने पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

साथै संविधानले दिएको अधिकारको प्रयोग गरेर सबैलाई शिक्षा प्रदान गर्ने आफनो लक्ष्य रहेको बताउनु भयो । विद्यालयका प्रिन्सीपल वासुदेव रोस्याराले २०५२ सालमा स्थापना भएको विद्यायलले आफनो जिवनमा विभिन्न आरोह अवरोह पार गर्दै यो स्थानमा ल्याउनु हुने सम्पुर्ण अभिभावक विद्यालय व्यवस्थापन समिति कर्मचारी लगायत सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नु भयो ।

साथै अहिले कक्षा नर्सरी देखी १० सम्म विद्यालयमा ५ सय ७२ जना विद्यार्थीहरु रहेको बताउनु भयो । आगामी दिनमा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नका लागी अभिभावकहरु, विद्यालयका विद्यार्थीहरु संग रहेर विभिन्न कार्यक्रम गरी छलफल गरी उहाँको समस्या बुझेर पनि काम गरिने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.