महेन्द्रनगर । कञ्चनपुरमा सर्तकता केन्द्रले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व सचेतना मुलक कार्यक्रममा नौ वटै पालिकामा रहेका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखहरुको उपश्थिती रहेको थियो । कार्यक्रममा सर्तकता केन्द्रले आफनो कार्यालयमा आएका उजुरीहरुको बारेमा जानकारी प्रदान गर्दै आर्थिक वर्ष २०७८÷७९ मा २ सय ३७ र २०७९÷८० मा ७ सय वटा गरी कुल ९ सय ३७ उजुरी परेको उपसचिव विनोद प्रशाद गौतमले जानकारी दिनु भयो ।
जसमध्ये ६ सय ६७ वटा उजुरीको पर्छौट भएको र बाँकी रहेकाहरु प्रक्रियामा रहेको बताउनु भयो । साथै सर्तकता केन्द्रले देशभरमा भ्रष्टाचार रोक्नका लागी यस्ता सचेतना कार्यक्रमको आयोजना गर्दै आएको र समय समयमा विभिन्न निकाय कार्यालय र जिल्लामा अनुगमन पनि गर्दै आएको जानकारी गराउनु भयो ।
कार्यालयमा कार्यरत कर्मचारीहरुको हाजिरी, पोशाक, कार्यशैली, व्यवहारहरु र कानुनी प्रक्रिया अनुरुप काम कारवाहीहरु भए नभएको अनुगमन गरी केही कैफियत पाईएमा आवस्यक कार्वाही गर्ने तथा सजग गराउने कार्य पनि भईरहेको उपसचिव गौतमले कार्यपत्र मार्फत जानकारी दिनुभयो ।
सर्तकता केन्द्रका प्रहरी नायब उपरिक्षक बुद्धिराम खनालले सार्वजनिक पद धारणा गरेका व्यक्तीहरुको सम्पत्ती विवरण आयको अनुगमनको विषयमा जानकारी दिनु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गा दत्त बोहराले सबै कार्यालयहरुले आफनो नियम अनुरुप जवाफदेहितामा विषेश ध्यान राख्दै सेवाग्राही हरुलाई सहज वातावरणमा सेवा प्रदान गर्न आग्रह गर्नु भयो ।
यस्ता कार्यक्रमले भ्रष्टाचार कम गर्न मद्धत पुग्ने बताउँदै, आगामी दिनमा पनि सर्तकता केन्द्रले पटक पटक कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।
Comments are closed.