दोधारा चादनी ३ बाट एक युवाले गरे एलईडी बल्बको उत्पादन सुरु

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादनी नगरपालिका ३ शान्ती टोलमा एक युवाले एलईडी बल्बको उत्पादन सुरु गरेका छन् । बजारमा पाईने हरेक प्रकारका एलईडी बल्बहरु अब दोधारा चादनी नगरपालिकमा उत्पादन र विक्रि वितरण हुने भएका हुन् । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख किशोर कुमार लिम्बुले उक्त कम्पनीको उदघाटन गरेका छन् ।

दोधारा चादनी नगरपालिका ३ का स्थानिय ईलेक्ट्रीक ईलेक्ट्रोनिक ओभरसियर गजेन्द्र भट्टले एलईडी बल्बमा लाग्ने सबै पार्टपुर्जाहरु खरिद गरेर ल्याएर सबै बल्बहरु आफै निर्माण गरेर काम गरिरहेको बताएका छन् । जिवी आईडियल गु्रप नामक कम्पनीको स्थापना गरी ७ जनालाई स्वरोजगार समेत प्रदान गरेको उनले बताए ।

आफुले ईलेक्ट्रीक ईलेक्ट्रोनिक ओभरसियरको अध्ययन गरि सकेपछि आफैले केही गर्नुपर्छ भन्ने सोचका साथमा आफनै कम्पनी खोलेर स्थानियहरुलाई रोजगार दिँदै काम गरिरहेकोउनले भने, अहिले आफनो उत्पादनलाई सुदूरपश्चिमका नौ वटा जिल्ला र काठमाण्डौसम्म पनि माग भईरहेको छ , साथै अब निकट भविश्यमा आफनो उत्पादनले पुरै नेपाल भरीमा सेवा दिने लक्ष्यको साथमा काम भईरहेको उनले बताए ।

यो गु्रप निर्माण गरेको ३ वर्ष भएपनि आफनो उत्पादनको काम र बजारमा माग अनुसार विश्वसनियता पनि बढदै गएपछि अहिले आएर यसको विधी पूर्वक उदघाटन गरिएको उनले बताए । बल्बलाई चाहिने सामग्रीहरु भारत र चिनबाट ल्याउने गरेको गु्रपका म्यानेजिङ डाईरेक्टर बलदेव भट्टले बताए । आर्थिक संकट भएको अवस्थामा पनि बजारमा उत्पादन दिँदै जाँदा गुणस्तरमा राम्रो भएपछि अहिले सहज भएको उनले बताए ।

आफनो वडामा सुरुवातमा उत्पादन गरेका बल्बहरुको परिक्षण गरिएको भएपनि अहिले उत्पादनले राम्रो बजारीकरण गरिरहेको म्यानेजिङ डाईरेक्टर बलदेव भट्टले बताए । बजारमा पनि प्रतिश्पर्धा पनि बढी रहेको अवस्थामा आफुहरले पनि दुई प्रकारको बल्बहरु बजारमा ल्याएको र जस्ले गर्दा सस्तो पनि र कहंगो पनि विक्री वितरण भईरहेको उनले बताए ।

यस्तो आफनो भनाई राख्दै नगर प्रमुख किशोर कुमार लिम्बुले आफु कामदार हुनु भन्दा अरुलाई काममा लगाएर व्यापार गर्नु नै उत्तम भएको बताए । स्थानिय स्तरमा खोलिएको यो जिवी आईडियल गु्रपले स्थानिय स्तरमा आफनो उत्पादनलाई पनि खपत गरिरहेको छ भने स्थानिय युवाहरुलाई पनि रोजगारको सिर्जना गरेर काम दिईरहेको प्रती आफुलाई खुसी लागेको बताए । साथै अहिले यही गु्रपले वडामा चाहिने सडक विजुलीको पनि व्यवस्था गर्नका लागी मैले वडा अध्यक्ष हरुलाई यो गु्रपलाई सहयोग गर्न आग्रह गर्ने बताए । साथै यो गौरबको विषय रहेको अवस्थामा आउदो दिनमा पालिकाले पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.