सहकारी ऐन नियमावली विषयक सञ्चाकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा सहकारी ऐन नियमावली विषयक एकदिने सञ्चाकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लामा विभिन्न सञ्चार माध्यममा आवद्ध रहेका सञ्चाकर्मीहरु संग सहकारी ऐनमा व्यवस्था भएका विषयमा अन्तरक्रिया गरिएको हो ।

संविधानले सहकारीलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटोका रुपमा लिएकाले सोही अनुसारका नीति नियम बनाएर सहकारीको संचालन गरिनु पर्ने सहभागीहरुले बताएका छन् । पछिल्लो समयमा विभिन्न सहकारीहरुले समुदायमा दिएका रिणहरुले उचित प्रयोग नभएपछि सहकारीहरु पनि समस्यामा पर्ने पैसा खाएर सदस्यहरु भाग्ने कारण ले पनि सहकारीहरु समस्यामा परेको पाईएको छ ।

सहकारी ऐनमा उल्लेख भएका सकारात्मक विषयहरुलाई प्रभावकारी कार्यान्वयन गर्न र सहकारीलाई वाधा उत्पन्न गर्ने विषयहरुलाई परिमार्जनका लागि परामर्श गर्नुपर्ने सहभागी सञ्चाकर्मीहरुले बताएका थिए । सहकारी क्षेत्रबाट जनताले श्रम, शीप र पूँजि परिचालन गरी थप आयआर्जन गर्ने, वचत गर्ने र आफ्ना समस्या आफै समाधानको बाटोमा लागेर राज्यलाई सहयोग गरेको सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमिल्सिनाले बताए ।

उनले एक दुई सहकारीले गरेको गल्तीले सबै सहकारीहरु ठग भएको भन्न नमिल्ने र सहकारी क्षेत्रको योगदानलाई स्मरण गरेर सहकारी संचालन गर्नमा सबैले साथ र सहयोग गर्न आग्रह गरे । सहकारीका सदस्यहरुले व्यापार व्यवसाय गर्ने ठाँउमा सहकारी आफैले व्यापार व्यवसाय गरेर नै पछिल्लो समयमा केही सहकारी हरु डुबेको बताए । विना धितो कुनै पनि सहकारीले रिण दिन नमिल्ने ऐनमा भएपनि केही सहकारीहरुले विना धितो रिण लगानी गर्दा आफनो रकम उठाउन नसकेर नै समस्यामा भएको उनले बताए ।

कार्यक्रमको उदेश्य र प्रभावकारीताका बारेमा जानकारी गराउदै को–अपरेटिभ्स क्लब कञ्चनपुरका अध्यक्ष सुनिल कुमार सेठिले विगत लामो समयदेखी सञ्भाकर्मीहरुलाई पनि सहकारीको ऐन नियमको विषयमा जानकारी प्रदान गर्नुपर्छ भन्ने उदेश्यका साथमा आजको कार्यक्रमको आयोजना गरिएको बताए । उनले अहिले सहकारीहरुको अवस्था राम्रो रहेको बताउँदै कञ्चनपुरमा १ सयभन्दा बढी सहकारीले सेवा प्रदान दिईरहेको जानकारी दिए ।

सहकारी अभियानलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार क्षेत्रका रुपमा विकास गर्नका लागि यसका नीति नियमहरुको पालना गर्दै व्यावसायिकतामा ध्यान दिनु पर्ने बताए । उनले देशैभरमा रहेका ३० हजार भन्दा बढी सहकारीमा १५ वटाले मात्रै बदमासी गरेको पाईएको भएपनि सबै सहकारी खराब रहेको भन्न नमिल्ने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.