डडेल्धुरामा समाजसेवी विनय प्रकाश मल्लको “वाहवाही”

महेन्द्रनगर । डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्द आएका छन् ।

यस्तै पिडामा रहेका विपन्न परिवार अनाथ बालबालिकाहरुलाई समाजसेवी विनयले सहयोग गरेका छन् । डडेल्धुरा अमरगढी ७ का मृगौला पीडीतलाई आर्थिक सहयोग तथा बिपन्न परिवार लाई खाद्यन्न सहयोग गरेका छन् । उनले स्थानिय युवा खगेन्द्र ठकुराठी र किर्तिबहादुर ऐरको समन्वयमा तथा वडा सदस्य राम परियार र वडा सचिब शारदा ओझाको रहोबरमा खाद्यन्न सहयोग गरेका छन् ।

उनले मृगैला पिडीत राम कैनीलाई नगद रु १२ हजार, बेथस्दा बाल गृहलाई ३ कट्ठा चामल ३ केजी दाल ६ पोका तेल ,साबुन सहयोग गरेका छन् । यस्तै, गरिव विपन्न महिला बिस्ना दयाललाई चामल १ कट्ठा ,दाल ,तेल ,साबुन जसुदेबी भट्टराईलाई चामल १ कट्ठा ,दाल ,तेल ,साबुन राम कैनीलाई चामल १ कट्ठा ,दाल ,तेल ,साबुन सहयोग गरेका छन् ।

यसैगरी ईश्वरी देबी भण्डारीलाई चामल १ कट्ठा दाल ,तेल , साबुन कैलारी दमाईलाई चामल १ कट्ठा दाल ,तेल , साबुन सरु देबी भण्डारीलाई चामल १ कट्ठा दाल ,तेल , साबुन र शेरबहादुर बोहरालाई चामल १ कट्ठा दाल ,तेल , साबुन सहयोग गरेको वडा सदस्य राम परियारले जानकारी दिएका छन् । मृगैला पिडीत राम कैनीले आफुलाई यो विपदको बेलामा केही रकम सहयोग गरेकोमा उनले समाजसेवी मल्ललाई धन्यवाद व्यक्त गरेका छन् ।

यो पिडामा मलहम लगाउनु हुने समाजसेवी मल्ललाई उनले डडेल्धुरामा आएर यसरी नै समुदायको समाजको सेवामा लाग्न आग्रह पनि गरेका छन् । उनले यसरी नै डडेल्धुराका लागी समाजसेवी मल्लले सहयोग गर्ने हो भने कोही पनि दुखी पिडामा नरहने बताए । डडेल्धुरा घर भईहाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले समस्या बारे जानकारी पाएपछि तुरुन्तै उनलाई नगद सहयोग गरेको बताए । हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् ।

साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् । उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् ।

साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् । जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् । सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ ।

समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन । जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.