भीनपा १२ मा कानुनी सचेतना अभिमुखिकरण तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ मा न्यायिक निरुपण तथा मेलमिलाप सम्बन्धी कानुनी सचेतना अभिमुखिकरण तालिम सम्पन्न भएको छ । न्यायिक समिति भीमदत्त नगरपालिकाको आयोजनामा वडाको हलमा आयोजना गरिएको कार्यक्रममा वडा नम्वर ११, १२ र १३ का स्थानियहरुको र मेलमिलापकर्ताहरुको सहभागितामा कार्यक्रमहरु सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी न्यायिक समिती संयोजक तथा भीमदत्त नगरपालिका कार्यबाहक नगर प्रमुख निलम लेखकले मेलमिलापकर्ताहरुलाई न्यायिक कार्य सम्पादन गर्नमा सहजता ल्याउन , कानुनमा उल्लेख भएका विषयको जानकारी गराउन यो कार्यक्रमको आयोजना गरिएको बताईन् । साथै सु व्यवस्थित तरिकाले कार्य सम्पादन गर्न सजिलो होस, न्याय कसरी प्रदान गर्ने भन्ने उद्देश्यले कानुनी सचेततना सम्वन्धी अभिमुखिकरण संचालन गरेको जानकारी दिईन् ।

अहिले न्यायिक समितिमा विवादहरु आयो भने वडामा पठाएर मेलमिलापकर्ताहरबाट हेर्ने व्यवस्था मिलाएको बताईन् । साथै मेलमिलापकर्ता वडा अध्यक्ष, सदस्य, वडा सचिव टोल विकासका अध्यक्ष लगायतलाई तालिम दिएर न्याय दिन के गर्ने कसरी संचालन गर्ने भन्ने विषयमा काम भईरहेको बताईन् । पहिला वडामा भएका विवादहरु सिधै प्रहरीमा जाने नगरपालिकामा आउने भएर हुने खर्च समयको वर्वाद भन्दा अबदेखी वडामा विवादहरु सम्पन्न गर्ने व्यवस्थाको लागी पालिकाले फर्निचरहरु पनि व्यवस्था गर्ने योजना रहेको नगर उपप्रमुख लेखको भनाई रहेको छ ।

कार्यक्रमका सभाध्यक्ष एवम वडा नवर १२ का वडा अध्यक्ष भुपेन्द्र सिंह रावलले न्याय सम्पादन गर्न सहज होस भनेर यो कार्यक्रमको आयोजना गरिएको बताए । साथै वडामा पनि न्यायपालिकाको स्थापना भएपछि सबैले यहीबाट सेवा पाउने गाँउघरमा भएका समस्याहरुको यतै समाधान गर्ने मेलमिलाप गर्ने उदेश्य सहितको यो तथालिमको आयोजना गरिएको बताए ।

भीमदत्त नगरपालिकाको न्यायिक समिति सदस्य नरबहादुर सावदले नेपालको संविधानको धारा २१७ मा व्यवस्था गरे बमोजिम प्रत्येक पालिकामा न्यायिक समिति गठन गर्ने भनेको आधारमा स्थानियहरुको न्यायमा बढी भन्दा बढी पहुँच पुय्राउनका लागी कार्यक्रमको आयोजना गरिएको बताए । मेलमिलापकर्तालाई सक्रिय बनाउनका लागी यो तालिमको आयोजना गरिएको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.