महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा एच.आई.भी सम्बन्धी लाञ्छना र भेदभाव बिषयमा एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधी, कार्यपालिका सदस्य, एचआईभी संक्रमित अन्य सरकोकारवाल निकायका प्रतिनिधी लगायतको उपश्थिती रहेको थियो ।
एचआईभी संक्रमितहरुलाई अहिले पनि समुदायमा हेलाको भावनाले हेर्ने, विभिन्न लाञ्छनाहरु लगाउने देखिएकोले यसको समाधान गर्न सबै निकायले हातेमालो गर्न आवस्यक रहेको कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बताउनु भयो । साथै उनले यो रोगबाट पिडित भएका व्यक्तीहरुलाई नगरपालिकाले गर्ने सहयोग साथ सदभावहरुमा सदैव सकारात्मक्ताका साथमा रहने प्रतिवद्धता गर्नु भयो ।
यसैगरी कार्यक्रमको सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले आफुबाट नै परिवर्तनका लाग् िसकारकात्मक सोच विचारको विकास गरिनु पर्ने बताउनु भयो । साथै पिडितहरका लागी आत्म निर्भर बनाउन विभिन्न तालिमहरु प्रदान गरी उनिहरुलाई आयआर्जनमा कसरी जोडन सकिन्छ भनेर तालिम दिने, क्षमता अभिवृद्धी गर्ने बताउनु भयो ।
वेदकोट नगरपालिकामा हाल उपचार रही औषधी सेवन गरिरहेका ९७ जना रहेको जसमध्ये महिला ५२ पुरुष ४५ र वालवालिका ३ जना रहेको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिषा पालले बताउनु भयो । अहिले कञ्चनपुरमा महाकाली प्रादेशिक अस्पताल र दोधारा चादनीमा रहेको स्वास्थ्य संस्थाबाट एचआईभी को जाँच गरी एआरटी सेवा प्रदान गरिरहेको छ ।
Comments are closed.