महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ मा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालय बागफाँटाले आफनो ४१ औँ वार्षिकोत्सव एवम अभिभावक दिवस सम्पन्न गरेको छ । मंगलवार आफनो विद्यालयको प्राङगणमा भव्यताको साथमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुले विभिन्न परियोजना कार्य अन्तरगत शैक्षिक सामग्रीहरु निर्माण गरी प्रदर्शनी पनि गरेका थिए । उनिहरुले कागज र काठको प्रयोग गरी घर, मन्दिर, विज्ञान सम्बन्धी विभिन्न सामग्रीहरु निर्माण गरी प्रदर्शनीमा राखेका थिए । विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथले आफनो ४१ औँ वार्षिकोत्सव मनाई रहँदा विभिन्न आरोह अवरोह पार गर्दै यो स्थानमा पुुय्राउनमा सहयोग गर्नुहुने अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरे ।
उनले आफु यो विद्यालयमा २०७८ सालमा आउँदा विद्यार्थीहरुको संख्या १ सय ७८ रहेको अवस्थामा यो वर्षसम्म आईपुग्दा अहिले विद्यार्थीहरुको संख्या बढेर ५ सय ८० रहेको बताए । अहिले नर्सरी देखी कक्षा १० सम्म अंग्रेजी माध्यमबाट अध्यापन भईरहेको जानकारी दिँदै उनले कक्षा ११ र १२ मा क्प्युटर कर्मश विषयमा पनि पढाई भईरहेको बताए ।
कार्यक्रममा उत्कृष्ठ शिक्षक बिरेन्द्र चौधरीलाई घोषितका साथै शिक्षकहरु रामदत्त भट्ट, टेकराज भट्ट, भागरथी पन्त, नरपती जोशीलाई सम्मान गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहायक प्रअ प्रेमप्रकास जोशीले शैक्षिक गुणस्तर बृद्धि भईरहेको बताए । कार्यक्रमको सभापतित्व समेत ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले न्यूनतम स्रोत साधनका विच शिक्षकको मेहनत, अभिभावको साथ सर्मथनले शैक्षिक स्तर बृद्धि गर्ने कार्य भईरहेको बताए ।
अध्यक्ष भण्डारीले सामुदायिक विद्यालयको सुधार एव बृद्धिविकासका लागि सरोकारवालाले समेत सहयोग गर्नुपर्नेमा जोडदिए । साथै उनले आफनो अथक प्रयास सबै शिक्षकहरु अभिभावकहरु र विद्यालय व्यवस्थापन समितिको प्रयास साथ र सहयोगले नै आफुहरुले यो वार्षिकोत्सव मनाउन सफल भएको बताए । कञ्चनपुर जिल्लामा पहिलो पटक गणित पार्क बनाएर विद्यार्थीहरुको पढाईमा गणितिय धा।णाको विकास गराई थप सहजता ल्याउनका लागी उनिहरुले उक्त पार्कबाट धेरै ज्ञान लिन सक्ने प्रधानाध्यापक नाथले बताए ।