भीनपा १८ मा जानकारी नभइ लिलाम गरेको जग्गामा क्रान्तिकारीको कब्जा

महेन्द्रनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठनले वडा नम्बर १८ गोबरयास्थित को एक जग्गामा झण्डा गाडेर जग्गा कब्जा गरेको बताएका छन् । उक्त जग्गा थमबहादुर कामीको नाममा रहेका बखत उनका आफन्तले कसैकहाँ जग्गा दृष्टिबन्धक राखेको र उक्त ठाउँबाट पनि निजले दोस्रो पक्षलाई बिक्री गरेको त्यो जग्गा बैंकमा रही बैंकले लिलाम गरी अर्को पक्षले बैँकमा रकम जम्मा गरिसकेको पाइएको छ ।

क्रान्तीकारी युवा संगठन नेपाल प्रदेश संयोजक दिेन्द्रबहादुर ऐरले पिडित पक्षले आफुहरुलाई निवेदन दिएपछि यसको सत्थतथ्य सार्वजनिक हुनुपर्ने भन्दे जग्गा कब्जा गरिएको बताए । उनले सहज रुपले सहमती नभएको खण्डमा बैँक, मालपोत, भुमाफियाका विरुद्धमा कडा रुपमा प्रस्तुत हुने चेतावनी पनि दिएका छन् । यो प्रकरणमा वास्तविक जग्गा धनीले आफूले जग्गा पाउनुपर्ने आफ्नो अंश लाग्ने र यो बराबरको रकम बैंकमा जम्मा गर्न खोज्दा समेत बैंकले जालसाजी गरेको आफूलाई जग्गाको मूल्य बैंकमा राख्न दिएको लगायतका विषय अगाडि सारेका छन् ।

यसै विषयमा भीमदत्त नगरपालिका वडा १८ का वडा अध्यक्षले बैंक हाल जग्गा लिएका व्यक्ति र वास्तविक जग्गा धनी समेतको सहभागितामा बुधवार १६ गते छलफल गर्ने प्रक्रिया सुरु गरेका छन्। यो प्रक्रिया हुँदै गर्दा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट रहेका युवाहरुले आज जग्गामा झण्डा गाडेका हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.