वेदकोटमा बडघर भलमन्सालाई न्याय सम्पादन सम्बन्धी ५ दिने तालिम सुरु

महेन्द्रनगर । कञ्चनपुरमा पहिलो पटक वेदकोट नगरपालिकामा बडघर भलमन्सा गुरुवाहरुको नेतृत्व क्षमता विकास तथा न्याय सम्पादन सम्बन्धी ५ दिने तालिम सुरु भएको छ । न्यायिक समिति वेदकोट नगरपालिकाको आयोजनामा बडघर भलमन्सा गुरुवाहरुलाई न्याय सम्पादन गर्न सहज होस भनेर कार्यक्रमको आयोजना गरिएको हो ।

तालिमका प्रशिक्षक बलबहादुर डगौराले अहिले विभिन्न पालिकाहरुले बडघर, भलमन्सा ऐनहरु पारित गरिरहेको अवस्थामा यसले गर्ने कार्य, किन आवस्यक छ ? यसको काम कर्तव्यहरु के के हुन् ? भनेर सबैलाई जानकारी दिन तालिमको आयोजना गरिएको बताउनु भयो । यो तालिमले सहभागी भएका बडर, भलमन्सा, गुरुवाहरुलाई न्याय दिँदा कानुनमा के के कुरा हरु रहेका छन् भनेर जानकारी प्रदान गरी न्याय सम्पादनमा सहजता दिने उहाँले बताउनु भयो ।

साथै सामाजिक क्षेत्रमा उहाँहरुले गर्दै आउनु भएको कामहरु बेग्लै, यसको मर्म बेग्लै भएर पनि समस्या भईरहेको अवस्थामा यो तालिमले उहाँहरुलाई प्रचलित कानुनको पनि जानकारी प्रदान गर्ने र आफनो समुदायमा काम गर्न सहज हुने बताउनु भयो । वेदकोट नगरपालिका ९ लालपुरका बडघर भलमन्सा बुधनी देवी डगौराले विगतदेखी समुदायमा हुने गरेका विभिन्न कामहरु समुदायमा हुने गरेका विवादहरुलाई गाँउमा मिलाउने, विवादलाई क मगर्ने काम गर्दै आएको भएपनि यो तालिमले आफुहरुलाई कानुनमा के छ त ? कसरी काम गर्ने भनेर जानकारी पाएको बताउनु भयो ।

वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले बडघर भलमन्साले आफनो समुदायमा आउका समस्याहरुलाई मेलमिलाप गराउने विवादलाई कम गरी समस्या निरुपण गरिरहेको अवस्थामा उहाँहरुलाई काम गर्न सहज होस भनेर यो तालिमको आयोजना गरिएको बताउनु भयो । कानुन संगत निर्णय गर्नका लागी उहाँहरुको अगुवाईमा न्याय दिन मेलमिलाप गराउन पनि सहजता होस भनेर यो तालिमको आयोजना गरिएको बताउनु भयो ।

साथै उहाँले समुदायमा अगुवा गर्ने समुदायलाई राज्यको पहुँचमा ल्याउने र राज्यलाई उहाँहरुको आवस्यक्ता रहेको छ भनेर न्यायसंग जोडन पनि यो तालिमले सहयोग गर्ने बताउनु भयो । साथै उहाँहरुले गरिरहेको मेलमिलाप र कानुनले गराउने मेलमिलापमा के समानता र के फरक रहेको छ भने पनि उहाँहरुले जानकारी पाउने आफु विश्वस्त रहेको नगर उपप्रमुख जोशी बताउनु भयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम नगर प्रमुख भोजराज बोहराले यो तालिमले समुदायमा रहेका जनजाती, थारु चौधरी समुदायले मान्दै आएको परम्पार आफनो संस्कृतीमा थप नयाँ जानकारी दिने बताउनु भयो । यो तालिम लिईसकेपछि न्याय सम्पादनमा बडघर, भलमन्साहरुलाई पनि सहज हुने र आगामी दिनमा नेपालको संविधान पालिकाको कानुनमा पनि समेटनका लागी सहजता हुने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.