महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । नेपालमा पहिलो पटक कञ्चनपुरबाट आईतवारदेखी वडा कार्यालयबाट ५ वर्ष अघि लिईएको विवरणहरुको सबै राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको हो । विहिवार कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन सम्बन्धी जिल्लास्तरिय अन्तरक्रिया÷अभिमुखीकरण तथा अपरेटर तालिममा वडामा बनाएका राष्ट्रिय परिचयपत्रहरु वडाबाट लिन सकिने जानकारी गराईएको छ ।
नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण हुने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्दशक मुकेश कुमार केशरीले आईतवारदेखी पहिलो चरणमा कञ्चनपुरका ४ पालिका भीमदत्त, दोधारा चादनी, बेलौरी र पुनरवास नगरपालिकाबाट १ लाख ७२ हजार राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिनु भएको छ । विगतका दिनमा अभियान मार्फत राष्ट्रिय परिचयपत्र विवरण लिएको र सबैको काम सकिएपछि आईतवारदेखी वडाबाट वितरण कार्य हुने बताउनु भयो ।
अहिले ४ वटा पालिकाबाट २५ जना अपरेटरले सेवा दिने सबै स्थानियहरुले आफनो नजिकको वडामा गएर आफैले उपश्थिती भएर लिन सकिने उहाँले बताउनु भयो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले नेपालमा पहिलो पटक कञ्चनपुरबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने बताउनु भयो । प्रशासनमा विवरण दिएकाहरुले आफनो राष्ट्रिय परिचयपत्र प्रशासनबाट लिन सक्ने र वडाबाट विवरण दिएकाहरुले वडाबाट लिन सक्ने उहाँले बताउनु भयो ।
अहिले ४ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणको काम हुने र उक्त पालिकामा काम सकिएपछि अन्य पालिकामा वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र लिन स्वयम आफैले उश्थिती भएर कार्ड लिन सक्ने छ । राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राख्न सकिन्छ ।
Comments are closed.