भीनपा ९ र १६ मा “उप प्रमुख कोसेलीबाट” पोषण भत्ता पाएपछि सुत्केरी महिला खुसी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्वर ९ र १६ मा सुत्केरी महिलाहरुले पोषण भत्ता पाएपछि खुसी भएका छन् । भीमदत्त नगरपालिकाको आमा सुरक्षा कार्यक्रम अन्तरगत उप प्रमुख कोसेली कार्यक्रमबाट पोषण भत्ता पाएपछि सुत्केरी महिलाहरु खुसी भएका हुन् । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै दुवै वडामा रहेका सुत्केरी महिलाहरुलाई नगद १ हजार रुपैँया उनिहरुलाई पोषणयुक्त खाना खानका लागी प्रदान गरिएको हो ।

भीमदत्त नगरपालिका ९ मटेनाका शान्ती शार्कीले आफुलाई पालिकाले गरेको सहयोगले फलफुल, मासु,पोषणयुक्र खाने कुरामा खर्च गर्ने बताउनु भयो । साथै उहाँले यो कार्यक्रम नियमित भयो भने आफु जस्तै विपन्न महिलाहरुले एक छाक भएपनि मिठो मसिनो खान पाउने भएकाले यसलाई सधै लागु गरिदिन आग्रह गर्नु भयो । यस्तै भीमदत्त नगरपालिका १६ का बेष्मा सुनारले आफनै गाँउमा यती राम्रो स्वास्थ्य सुविधा पनि पाईने र नगद सहयोग पनि पाईने भएपछी आफु लगायत अन्य दिदिबहिनीहरु प्नि खुसी भएको बताउनु भयो ।

गर्भवती भएको समयदेखी सुत्केरी हुने समयमा नियमित ८ पटक स्वास्थ्य चेकजाँच गर्ने महिलाहरुलाई पोषण खाना खानका लागी आफुले चुनावको समयमा गरेको वाचा अनुरुप सहयोग गरिएको नगर उपप्रमुख लेखकले बताउनु भयो । नगर उप प्रमुख लेखकले यो रकम सानो हो तर, केही नभए पनि केही हुनु राम्रो हो त्यही भएर यो रकम आज वितरण गरिएको उहाँले बताउनु भयो । अहिले पनि केही महिलाहरुले आफनै घरमा बच्चा जन्माउने पनि गरेको आफुले सुनेको भएर ती महिलाहरुले आफनै ज्यानलाई जोखिममा राख्नु गलत भएको बताउनु भयो ।

अहिले स्वास्थ्य संस्थाहरुबाट सबै सेवा प्रदान गरिरहेको अवस्थामा नेपाल सरकारले पनि यातायात खर्च प्रदान गर्ने र पालिकाले पनि केही रकम सहयोग गरीरहेको भएरसबैले आफनो स्वास्थ्य लाई नियमित स्वास्थ्य संस्थामा नै आएर चेकजाँच गर्नुपर्ने आग्रंह गर्नु भयो ।

भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा जन स्वास्थ्य अधिकृत नरेन्द्र राज जोशीले आमा सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउने बर्थिङ सेन्टरमा गर्भवती हुने आमाहरुलाई यो कार्यक्रम रहेको बताउनु भयो । विकट क्षेत्रमा पोषणयुक्त खानाहरुको अभाव रहेको भएर उनिहरुलाई पोषण प्रोत्साहन अनुरुप यो सहयोग गरिएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.