महेन्द्रनगर । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर कञ्चनपुर र नेपाल बैँक लिमिटेड कञ्चनपुर शाखा विच सम्झौता भएको छ । बैँकमा खाता भएका सदस्यहरुलाई मन्त्र अस्पतालले उपचारमा छुट दिने दुवै संस्था विच शुक्रवार सम्झौता भएको हो । नेपाल बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेय र मन्त्र अस्पतालका अध्यक्ष कैलाश चन्द्र भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अस्पतालमा भर्ना गर्नेदेखी विभिन्न स्वास्थ्य सेवामा बैँकमा खाता भएका सदस्यहरुलाई उनिहरुको उपचारमा केही प्रतिशत छुटको व्यवस्था गर्नेगरी दुवै पक्षबिच सम्झौता भएको मन्त्र अस्पतालका अध्यक्ष भट्टले जानकारी दिनु भएको छ । मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले पहिलो पटक बैँक संग सम्झौता गरिएको र बैँकमा रहेका सदस्यहरुलाई अस्पतालमा विषेश छुट दिने बताउनु भयो ।
नेपाल बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेयले आफना सदस्यहरुले उपचार गर्न आउँदा आफुसंग भएका एटिएम कार्ड, चेक देखाएर आफनो स्वास्थ्य जाँच छुटमा गर्न सक्ने व्यवस्था गरिएको बताउनु भयो ।
नेपाल बैँक लिमिटेड कञ्चनपुर शाखाका प्रबन्धक महेश राज जोशीले आफना बैँकका ग्राहकहरुले मन्त्र अस्पतालसंग छुटमा स्वास्थ्य उपचार पाउनका लगी आफुहरुले आज सम्झौता गरिएको र आफनो कर्मचारीहरु ग्राहकहरुले छुटमा स्वास्थ्य उपचार पाउने जानकारी दिनु भयो । मन्त्र अस्पतालले पछिल्लो समयमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको छ ।