वेदकोटमा बडघर भलमन्सा गुरुवाहरुले ५ दिने तालिम पाएपछि खुसी

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा बडघर भलमन्सा गुरुवाहरु ५ दिने तालिम पाएपछि खुसी भएका छन् । कञ्चनपुरमा पहिलो पटक वेदकोट नगरपालिकाले ५० जना बडघर भलमन्सा गुरुवाहरुको नेतृत्व क्षमता विकास तथा न्याय सम्पादन सम्बन्धी ५ दिने तालिमको आयोजना गरेको थियो । न्यायिक समिति वेदकोट नगरपालिकाको आयोजनामा बडघर भलमन्सा गुरुवाहरुलाई न्याय सम्पादन गर्न सहज होस भनेर कार्यक्रमको आयोजना गरिएको थियो ।

फागुन १६ गतेदेखी संचालनमा रहेको ५ दिने कार्यक्रममा आएका सहभागीहरुले आफुले पहिलो पटक पाएको यो तालिमबाट धेरै कुराहरुको जानकारी पाएको बताएका छन् । पहिले समाजमा हुने गरेको विभिन्न समस्याहरु, झैझगडाहरु या अन्य विवादलाई गाँउमा मिलाउने मेलमिलाप गराउने गरिएको भएपनि अबदेखी कुन मुद्धा, विवाद समस्यालाई आफैले हेर्ने कुन विवादलाई न्यायिक समितिमा पठाउने भन्ने बारेमा जानकारी भएको सहभागी वेदकोट नगरपालिका ७ गाउजीका विष्णु गडौराले बताउनु भयो ।

पहिलो आफुहरुलाई कुनै पनि ज्ञान नभएको आफनो बाउबाजेहरुले जे गर्दै आएका थिए। त्यही कामहरु आफुहरुले पनि गर्दै आएको बताउनु भएको छ । तर आफुहरुले गर्दे आएको काम भन्दा पनि फरक रहेको कानुन फरक रहेको आफुले पाएको जानकारी दिनु भयो । साथै आफुले ५ दिने तालिममा सिकेका ज्ञानलाई जानकारीलाई आफनो जिवनमा लागु गरी अन्यलाई पनि आफनो ज्ञान बडने बताउनु भयो । यस्तै अर्का सहभागी वेदकोट नगरा पालिका १० का विर्जा डगौराले तालिमबाट कस्तो विवाद, समस्यालाई आफैले हेर्ने वा अगाढी पठाउने भन्ने बारेमा जानकारी पाएको बताउनु भयो ।

अहिले यो तालिमबाट सबै समस्या विवाद मुद्धालाई आफुले हेर्न नसकिने न्यायीक समिति अथवा कहाँ हुन्छ त्यही पठाएर सहयोग गर्ने जानकारी भएको बताउनु भयो । यो तालिम हरेक वर्षमा आयोजना हुनुपर्ने सहभागीहरुको माग रहेको छ । कार्यक्रममका प्रमुख अतिथी एवम नगर प्रमुख भोजराज बोहराले यो तालिमले विगतमा गर्दै आएका कामहरु, जिम्मेवारीहरुलाई अबदेखी अली फरक ढंगले न्याय सम्पादन गर्ने,आफनो समुदायमा कसरी सहज रुपमा काननु संगत काम गर्ने भन्ने बारेमा जानकारी भएको बताउनु भयो ।

सामाजिक अगुवाहरुले यो तालिममा सहभागी गर्नु भएको अवस्थामा आफनो जिम्मेवारीलाई यो तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा पनि लागु गर्नुहुनेमा आफु विश्वस्त रहेको बताउनु भयो । अहिले विभिन्न काममा कानुनी जटिलता रहेको अवस्थामा कानुनलाई टेकेर नै आफुहरुले कार्य सम्पादन गर्न आग्रह गर्नु भयो । कार्यक्रमका सभाध्यक्ष एवम नगर उपप्रमुख तुलसी जोशीले विगतमा आफुले पनि विभिन्न जिल्लामा गएर तालिम दिएको स्मरण गर्दै यतीको सौहाद्र वातावरण आन्नद भएर अन्तिम सम्म रहेर सहभागीता जनाएको पहिलो पटक देखेको बताउनु भयो ।

शान्ती भएर आफनो पुरै समय प्रदान गरेर ज्ञान आर्जन गर्नुहुने सबैले यहाा सिकेका विषयवस्तु हरुलाई आफनो समुदायमा गएर नियम संगत कानुन अनुरुप लागु गर्नुहुने छ भन्नेमा आफुले विश्वास लिएको बताउनु भयो । साथै मेलमिलापको प्रक्रिया मिलाएर आफना समुदायमा देखिएका विवाद समस्याको तालिममा सिकेको ज्ञान र विषयवस्तुलाई मिलाएर कार्य सम्पादन गर्न आग्रह गर्नु भयो ।

तालिमका प्रशिक्षक बलहादुर डगौराले यो तालिममा सहभागी भएका बडघर, भलमन्सा, गुरुवाहरुलाई न्याय दिँदा कानुनमा के के कुरा हरु रहेका छन् न्याय सम्पादनमा सहजता कसरी गर्न सकिन्छ ? भनेर जानकारी दिईएको बताउनु भयो । साथै समाजमा अयोग्य हुने छुट कसैलाई पनि नरहेको सबैले आफनो समुदाय समाजका लागी सबैले मिलेर कानु संगत कार्य गरेको हकमा सबैको भलो हुने बताउनु भयो । साथै उहाँले जती पनि भलमन्सा बडघर गुरुवा सबैले ज्ञान लिएर काम गर्न सक्नुपर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.