वेदकोटले ११४ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवश विभिन्न कार्यक्रम गरी मनाउने

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले ११४ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवश विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । पालिकाले मंगलवार एक कार्यक्रमको आयोजना गर्दै पालिकामा कार्यरत विभिन्न गैर सरकारी संस्था, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, समाजसेवी, वुद्धिजिवि, जनप्रतिनिधीहरु संग छलफल गरेको छ ।

वेदकोट नगरपालिकाले फागुन २४ गते ११४ औँ अन्तराष्ट्रिय महिला दिवशको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमको आयोजना गर्ने वेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशीले जानकारी दिनुभएको छ । उहाँले समुदायमा रहेका श्रमिक महिलाहलाई सम्मान गर्ने, प्रशंसा पत्र प्रदान गरी उहाँहरुको हौसलालाई अझ बढाएर समुदायमा सम्मान भएको महसुस गराउने उर्जा प्रदान गरी उहाँहरुले समुदायमा गरेको कामको उचित मुल्याङकन गर्नका लागी सम्मान गरिने जानकारी दिनुभयो ।

साथै समुदायमा रहेका अगुवा महिलाहरु, नेतृत्व गर्ने महिलाहरु,जेष्ठ नागरिकहरु खेलाडीहरु, श्रमिक महिलाहरु, लगायतहरुलाई सम्मान गर्ने योजना रहेको र सबैले यो कार्यक्रममा साथ र सहयोग रहने अपेक्षा रहेको बताउनु भयो । यसैगरी वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख राधिका पन्तले विभिन्न सरकोरवालाहरुसंग गरिएको छलफलबाट विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेको महिलाहरुलाई सम्मान गर्ने,

विभिन्न लोक साँस्कृतिक नृत्यहरु, देउडा, सखिया नाच, सडक नाटक, लगायतका विभिन्न मनोरंजनात्मक कार्यक्रमहरु रहेको उहाँले बताउनु भयो । साथै उक्त दिन सबैले आआफनो क्षेत्रबाट समुदायबाट साथ र सहयोग गरिदिन पनि आग्रह गर्नु भएको छ ।

सम्बन्धित

Comments are closed.