भीनपा २ मा सिकल सेल एनिमियासम्बन्धि १ दिने पैरवी कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ महुलियामा सिकल सेल एनिमिया तथा थालासेमिया सम्बन्धि १ दिने पैरवी कार्यक्रम सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाकोे सहयोग र सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र कञ्चनपुरको आयोजनामा भएको कार्यक्रममा सिकल सेल एनिमिया तथा थालासेमिया रोगको विषयमा छलफल गरिएको थियो ।

स्वास्थ्य कार्यालयका स्रोत व्यक्ती शिद्धराज भट्टले यो रोग कसरी सर्ने तरिका, लक्षण, र रोकथामका उपायहरुको विषयमा जानकारी प्रदान गरिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका कार्यबाहक नगर प्रमुख निलम लेखकले कार्यबाहक नगर प्रमुख लेखकले यो रोग थारु समुदायमा बढी देखिने भएकोले यसलाई आगामी दिनमा क मगर्नका लागी पालिकाले सदैव काम गर्ने बताउनु भयो ।

साथै, आगामी दिनमा थारु चौधरी समुदायहरुको आर्थिकरुपमा पनि माथी उकास्नका लागी समुदायका महिला दिदिबहिनीहरुलाई आय आर्जन सम्बन्धि विभिन्न सीप मुलक तालिम प्रदान गर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । खासगरी सिकलसेल एनिमिया भनेको रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हसिया जस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकल सेल एनिमिया भनिन्छ ।

यो रोग लागेको बिरामीहरुको गोलाकार रक्तकणिकाहरू छिटोछिटो नष्ट भई रक्त सञ्चारमा अवरोध उत्पन्न हुन्छ । साथै रगतमा अक्सिजनको कमी हुनगई शरिरका भित्री अंगहरुमा नोक्सानी पुग्नुका साथै मस्तिष्कमा स्ट्रोक, शरिरमा पिडा, अन्य रोगहरुको संक्रमण देखिन्छ ।

रोग लाग्दा जण्डिसको जस्तो देखिने लक्षण , पत्थरी, फोक्सोमा रुकावट, मृगौलामा खराबी, लिंग उत्तेजित हुँदा पिडा हुने, फियो वा कलेजोमा रक्त सञ्चार रुकावट आदि जस्ता बिभिन्न लक्षणहरु देखा पर्दछन् । साथै यो रोग विषेश गरेर थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा बढी जसो देखिने भएकाले यसबाट बच्ने र रोकथामका विषयमा जानकारी प्रदान गरिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.