महेन्द्रनगर । कञ्चनपुरमा रहेको राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स) ले सेवा प्रदायक निकायहरु बिच छलफल कार्यक्रम सम्पन्न गरेको छ । हिँसा प्रभावित बालबालिका तथा महिलाहरुको सेवामा पहुँच सुनिश्चितताका लागी सेवा नक्साङकन तथा सिफारिस प्रणाली स्थापना गर्न सेवा प्रदायक निकायहरु बिच छलफल कार्यक्रम सम्पन्न गरेको हो ।
युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स) मार्फत सुदुर पश्चिम प्रदेशमा बालबिबाह निवारण कार्यक्रम अन्तर्गत हिँसा प्रभावित बालबालिका तथा महिलाहरुको सेवामा सहज एवं प्रभावकारि पहुँच वृद्धिका लागि सेवाहरुको नक्साङ्कन र सिफारिस प्रणाली स्थापना गर्न छलफल भएको हो ।
उक्त कार्यक्रममा सहभागी जनाएका सेवा प्रदायक निकायहरुका प्रतिनिधीहरुले आफनो संस्थाबाट प्रदान गरिने सेवा सुविधाहरुको विषयमा जानकारी दिएका थिए ।कार्यक्रममा आफनो भनाई राख्दै भीम दत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले आफनो पालिकामा रहेका विभिन्न संघसंस्थाहरुले हिँशामा परेका बालबालिकाहरु, महिलाहरुको क्षेत्रमा काम गरिरहेको बताउनु भयो ।
सबै संस्थाहरुले आफनो तर्फबाट महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको भएपनि कतिपय हिँसाबाट प्रभावितहरुलाई कुन संस्थाहरुले के कस्तो काम गर्दछ कसरी न्याय पाउने भन्ने जानकारी नभएको अवस्ुथामा अब यो कार्यक्रमबाट त्यो समस्या हटेर जाने बताउनु भयो । यो क्षेत्रमा सबैले मिलेर काम गर्न र हिँशामा परेका बालबालिकाहरु र महिलाहरुको क्षेत्रमा पालिकाले सदैव साथ र सहयोग गर्ने कार्यवाहक नगर प्रमुख लेखकले प्रतिवद्धता जाहेर गर्नु भयो ।
निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैले जिल्लामा रहेका विभिन्न संघसंस्थाहरु सरकारी निकायहरुले के कस्ता सेवाहरु प्रदान गर्ने गरेका छन् भन्ने जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । साथै उहाँले एउटा प्रेसर मेकानिजम तयार गरी हिँसाबाट प्रभावितलाईहरुलाई कुन संस्थाले कस्तो प्रकारको सेवा दिन सक्छ भनेर जानकारी भएपछि सम्बन्धित निकायमा प्रभावितलाई पठाउन सक्ने बताउनु भयो
यसले गर्दा सेवा पनि गुणस्तरिय छिटो र उपलब्धी मुलक रहने बताउनु भयो । सबै सेवा लेखिएका होर्डिङ बोर्डहरु निर्माण गर्ने पनि योजना रहेको र त्यसबाट पनि बढी जानकारी पाईने र सबेलाई जनचेतना पनि जगाउने उदेश्य रहेको बताउनु भयो ।