अन्तराष्ट्रिय महिला श्रमिक दिवशका अवसरमा वेदकोटद्धारा ३८ महिलाहरु सम्मानित

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले ११४ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवशका अवसरमा ३८ जना महिलाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पालिकाले विहिवार एक कार्यक्रमको आयोजना गर्दै समुदायमा समाजमा रहेका विभिन्न पेशामा आवद्ध महिलाहरु, समाजसेवी महिला दलित महिला जनप्रतिनिधी, खेलाडी, भलमन्सा, डकर्मी महिला, अटो चालक महिला, अपाङगता महिला, सफल महिला उद्यमी लगायत ३८ जनालाई महिलाहरुलाई सम्मान गरिएको हो ।

द्धन्द पिडित महिला, जेष्ठ नागरिक, समुदायमा विकासका लागी जग्गादान गर्ने महिला, महिला सहकारी संस्थाहरु लगायतलाई उहाँहरुको कार्यको उच्च सम्मान गर्दै र थप हौसला प्रदान गर्न र उहाँहरुलाई राज्य छ है सरकार छ है भनेर महसुस गराउनका लागी आजको कार्यक्रममा सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बताउनु भयो ।

उहाँले आज भन्दा ११४ औ वर्ष पहिला र अहिले धेरै परिवर्तन आएको बताउनु भयो । त्यो बेलामा महिलाहरुलाइ भोट हाल्ने अधिकार पनि थिएन तर अहिले महिलाहरुले आफैले भोट हालेर आफनो मान्छे चुन्ने अवसर पाएका छन्, तर पनि असिहले समान ज्याला समान व्यवहार हुन नसकेको बताउनु भयो । एउटा पुरुष र महिलालाई काममा विभेद, नाममा विभेद, ज्यालामा विभेद, अवसरमा विभेद त्यो बेलामा रहेको थियो । यही त्याग र ब्लिदानले अहिले धेरै फरक आएको उहाँको भनाई थियो ।

सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले महिला भएर मिहिनेत संघर्ष गरे विभिन्न कार्य क्षेत्रमा काम गरेर आफनो परिवारको पेट पालेर समाजमा पुरुष सरह काम गरेर अन्यलाई पनि प्रेरित गर्ने थुप्रै महिलाहरु रहेको भएर अहिले यी महिलाहरुलाइृ सम्मान गरिएको बताउनु भयो । आगामी दिनमा यो कार्यलाई निरन्तरता दिईने उहाँले बताउनु भयो ।

उहाँले समुदायमा रहेका श्रमिक महिलाहरुलाई सम्मान गर्ने, प्रशंसा पत्र प्रदान गरी उहाँहरुको हौसलालाई अझ बढाएर समुदायमा सम्मान भएको महसुस गराउने उर्जा प्रदान गरी उहाँहरुले समुदायमा गरेको कामको उचित मुल्याङकन गर्नका लागी सम्मान गरिएको बताउनु भयो । साथै समुदायमा रहेका अगुवा महिलाहरु, नेतृत्व गर्ने महिलाहरु,जेष्ठ नागरिकहरु खेलाडीहरु, श्रमिक महिलाहरु, लगायतहरुलाई पालिकाले सदैव सम्मान गर्ने उहाँहरुको कामको उच्च मुल्याङकन गरेको पनि बताउनु भयो ।

यसैगरी वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख राधिका पन्तले विभिन्न सरकोरवालाहरुसंग गरिएको छलफलबाट विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका महिलाहरुलाई सम्मान गरिएको बताउनु भयो । उहाँहरुको हौसलालाई थप उर्जा दिन र स्थानिय पालिका पनि साथैमा छ है भनेर पनि उहाँहरुलाई साथ र सहयोग गर्न तयार रहेको छ भनेर जानकारी दिन पनि सम्मान गरिएको बताउनु भयो ।

साथै उहाँले यो कार्यक्रमलाई सफल बनाउनु हुने सबै महिला दिदिबहिनी, महिला समुह, गैर सरकारी संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा सहभागी कहिलाहरुले विभिन्न साँस्कृतिक नृत्यहरु, देउडा, सडक नाटक, लगायतका विभिन्न मनोरंजनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित

Comments are closed.