महिला अधिकारकर्मी थापा सम्मानित

महेन्द्रनगर । वेदकोट नगरपालिकाले महिला अधिकारकर्मी एवम महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष भगवती थापालाई सम्मान गरेको छ । ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरको एक कार्यक्रममा महिलाको क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गर िसामाजिक रुपान्तरणमा सहभागी भई पुय्राउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको हो ।

कार्यक्रमका सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले थापालाई दोसल्ला माला, खादा र प्रमाणपत्रले सम्मान गर्नु भएको थियो । थापाले विगत लामो समयदेखी सामाजिक क्षेत्रमा रहेर महिलाहरुको हक र अधिकारका लागी काम गरेको स्मरण गर्दै आफनो कामको पालिकाले उच्च मुल्याङकन गर्दै गरेको सम्मान प्रती धन्यवाद व्यक्त गर्नु भयो ।

यो सम्मानले थप आफुमा उर्जा, हौसला र जिम्मेवारी आएको बताँउदै थापाले आफनो प्राणको अन्तिम स्वास रहुँन्जेल सम्म पनि महिलाहरु माथी हुने शोषण दमन विभेद हिँसाका विरुद्धमा आफनो आवाज जहिले बुलन्द भएर आउँने बताउनु भयो । यो सम्मान म एक्लैको नभएर मलाई यो स्थान सम्म ल्याउनु हुने मेरा सहकर्मी साथीहरु, मेरा शुभ चिन्तक, परिवारका सदस्यहरुलाई पनि यस्को श्रेय दिन चाहेको उहाँले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.