मार्माका प्रमुख प्रशासकीय अधिकृृतमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग

महेन्द्रनगर । शुक्रवार राती दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी माथी ज्यान मार्ने नियतले गरिएको आक्रमणमा संलग्नलाई खोजी गरी काुननी दायरामा ल्याउन माग गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश कमिटीले ज्यान मार्ने नियतले गरिएको आक्रमणमा संलग्नलाई खोजी गरी काुननी दायरामा ल्याउन माग गरेको छ ।

संगठनका सुदूरपश्चिम महासचिव महादेब जोशीले शनिबार विज्ञप्ति सार्वजनिक गरी अकल्पनीय अकल्पनीय रुपमा आगजनी गरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएकोमा दुःख व्यक्त गर्दैै खेद व्यक्त गरेका छन् । विज्ञप्तिमा आक्रमणमा संलग्न अपराधीहरुलाई खोजी गरी कानुनी कारवाही गर्न माग गरिएको छ । संगठनले गाउँपालिकाका कर्मचारीहरुलाई काम गर्ने वातापरण बनाउन र सबै कर्मचारीहरुका लागि शान्ति सुरक्षा व्यवस्था गर्न माग गरेको छ ।

मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीमाथि शुक्रबार राति २ बजे उनी सुति रहेका बेला उनको निवासमा ढुङ्गा प्रहार र आगजनी गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले झयालबाट हाम फालेर इलाका प्रहरी कार्यालय पुगेर ज्यान जोगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले क्रसर उद्योग र मदिरा बेचबिखन बन्द गरेपछि उनीमाथि प्रतिशोध साँधिएको आशंका गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.