महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका अवैध रुपमा कब्जा गरिउका जग्गा र अतिक्रमित गरिएका सबै संरचनालाई खाली गरिने भएको छ । भीमदत्त नगरपालिका ४ बजार क्षेत्रमा रहेको २२ सटरलाई आईतवार तोडेको छ । नगर प्रमुख पदम बोगटीले आफनो पालिका भित्र रहेको सबै अवैध रुपमा नगर विकासका जमिनमा कब्जा गरिएको सबैलाई हटाईने बताउनु भएको छ ।
आईतवार २२ सटरलाई पनि तोडिएको छ अब पालिकामा रहेका सबै अबैध रुपमा कब्जामा रहेका सबै जमिनको तथ्याङक संकलन गरिरहेको भएर केही दिनमा सबै अबैध संरचना जग्गालाई पालिकाले खाली गराउने नगर प्रमुख बोगटीको भनाई रहेको छ । पालिकाले एक सुचना जारी गरेर जहाँ पनि सरकारी स्वामित्वमा रहेका जग्गाहरु अतिक्रमण भएका छन् सबैलाई जानकारी दिई खाली गरिने उहाँले बताउनु भयो ।
समय दिएर हटाउनका लागी आग्रह गरिने र त्यती गर्दा पनि हटाईएनन भने कानुनी प्रक्रियामा गएर भएपनि सबै अबेध संरचनाहरु अतिक्रमित भएका जग्गाहरु खाली गरिने नगरप्रमुख बोगटीले बताउनु भयो । अहिले यो २२ सटरलाई तोडिए पछि एडिबीको परियोजनाका बाँकी काम पनि सुचारु हुनेछन् र यो क्षेत्रमा रहेका सबै पसल व्यापारीहरुलाई अन्यत्र व्यवस्थापन गरिसकेको,उहाँहरुले उक्त नयाँ ठाउँबाट आफनो व्यापार पनि सुरुवात गरिसक्नु भएको छ, नगर प्रमुख बोगटीले भन्नु भयो ।
यस्तै नगर उपप्रमुख निलम लेखकले पसल खाली गरेर पालिकालाई सहयोग गरेकोमा सबै व्यापारीहरुलाई व्यक्त गर्नु भयो । उहाँले पनि भीमदत्त नगरपालिकाको क्षेत्रमा पर्ने स्वामित्वमा रहेको जग्गाहरुलाई खाली गर्ने अभियान नै संचालन भएको बताउनु भयो । पालिकाका नगर प्रवक्ता एवम भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदमराज अवश्थीले आफुले २२ सटर तोडनका लागी व्यापारीहरुले गरेको सहयोग प्रती धन्यवाद दिनु भयो ।
साथै आगामी दिनमा पनि धेरै क्षेत्रहरु खाली गर्नुपर्ने भएकाले सबैले उक्त जमिनलाई खाली गरि सहयोग गरिदन आग्रह गरे सबैको दायित्व सबैको जिम्मेवारी भएकोले यस्ता अबैध रुपमा बनेका संरचनाहरु, अतिक्रमण गरिएका जग्गालाई हटाउनका लागी सबैले साथ र सहयोग गगरिदिन आग्रह गर्नु भयो ।