महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण एवम पर्यटकिय आवागमन हुने खालका चित्रहरु बनाईरहेको छ । मंगलवारदेखी नगरपालिकाले सुन्दरताका लागि बजार क्षेत्रमा रहेका खाली भित्तामा सुदूरपश्चिमका कला, संस्कृति तथा मौलिकता बोकेका चित्रहरु भित्तामा कुदिरहेको हो । नेपाल कमर्शियल आर्टिष्ट संघ कञ्चनपुरसंगको सहकार्यमा भीमदत्त नगरपालिकाले कला सँस्कृती झल्किने विभिन्न चित्र बनाइरहेको छ ।
पहिलो चरणमा भीमदत्त नगरपालिका–४ स्थित दशरथ चन्द चोक देखी जिल्ला प्रशासन कार्यालय सम्मको भित्तामा विभिन्न कला सँस्कृती झल्किने र विभिन्न पर्यटकीय क्षेत्रका चित्र बनाइरहेको नगरप्रमुख पदम बोगटीले बताउनुभयो । ‘सुन्दरताका लागि सार्वजनिक क्षेत्रका भित्तामा यस क्षेत्रका कला सँस्कृती झल्किने र पर्यटकीय क्षेत्रका चित्र बनाउने कार्य शुरु भएको छ ।’ उहाँले भन्नुभयो ‘पहिलो चरणमा शहिद दशरथ चन्द चोक देखी जिल्ला प्रशासन कार्यालयसम्मका भित्तामा चित्र निर्माण भइरहेको छ ।
’यस्तै नगरपालिकाले पुरानो जिल्ला प्रशासन कार्यालय अगाडी रहेका खोका छाप्रा समेत हटाएको छ । नगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित र सौन्दर्यकरण गर्ने भन्दैँ त्यहाँ रहेका खोका छाप्रा हटाएको हो । शहिद दशरथ चन्द चोक देखी डिभिजन बन कार्यालय सम्म सडक किनारमा रहेका खोका छाप्रा हटाएर उक्त क्षेत्रलाई सुन्दर र व्यवस्थित गर्ने कार्य समेत भइरहेको नगर प्रवक्ता पदमराज अवस्थीले बताउनुभयो ।
नेपाल कमर्शियल आर्टिष्ट संघ कञ्चनपुरका वरिष्ठ सल्लाहाकार सुरेश प्रतिकले फागुन २८ गते अरनिको दिवशको उपलक्ष्यमा आफनो संघले विगतमा विभिन्न कार्यहरु गर्दै आएको र यो वर्षमा पनि केही नविनतम कार्य गरौ भन्ने हेतुले भीमदत्त नगरपालिकाको सहकार्य र समन्वयमा यो कार्यको थालनी गरिएको बताउनु भयो ।
उहाँले पालिकाले पनि यस्तै कार्य गर्ने तैयारी गरिरहेको अवस्थामा हामीले पनि यो कार्य गर्दैछौ भनेर पालिकालाई जानकारी दिएपछि पालिकाले चित्र बनाउन आवस्यक पर्ने सामग्रीहरु सहयोग गरिदिएपछि सुदूरपश्चिमका कला, संस्कृती, भेषभुषा, रहनसहन झल्किने चित्रहरु निर्माण भईरहेको बताउनु भयो ।
उहाँले आफुहरुले निशुल्क रुपमा नै यो कार्य गरिरहेको जानकारी दिनु भयो । स्थानिहरुले यो संगसंगै धुम्रपान , सुर्तीजन्य तथा लागुऔषधबाट युवालाई सचेत पार्ने खालका जनचेतना मुलक चित्रहरु पनि बनाईदिन आग्रह गरेका छन् ।
Comments are closed.