भीमदत्तद्धारा मेलमिलाप केन्द्रहरुलाई फर्निचर सहयोग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेलमिलाप केन्द्रहरुलाई न्यायिक समितिलाई फर्निचरहरु सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै भीमदत्त नगरपालिकाको वडा नम्वर १ देखी ५ मा रहेका मेलमिलाप केन्द्रहरुलाई कुर्ची, टेबल, र दराजहरु हस्तान्तरण गरेको हो ।

अहिलेको आर्थिक वर्षमा वडा नम्वर १, २, ३, ४ र ५ मा रहेका मेलमिलाप केन्द्रहरुलाइ फर्निचर प्रदान गरिएको र आगामी वर्षमा अलि बढी बजेटको व्यवस्थापन गरेर अन्य वडाहरुमा पनि फर्निचहरु सहयोग गरिने भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले जानकारी दिनु भयो । समुदायमा हुने गरेका विवादहरु ,समस्याहरु लिएर स्थानिय वडामा आउँदा उहाँहरुलाइ बस्नका मेलमिलापमर्ताहरुलाइ पनि कार्य सम्पादन गर्न सहज होस भनेर अहिले फर्निचरहरु सहयोग गरिएको उहाँले बताउनु भयो ।

भीमदत्त नगरपालिकाले अहिले १९ वडामा मेलमिलाप केन्द्रको स्थापना गरेको छ । साथै कानुन सम्बिन्धी तालिम पनि दिएको र अब उहाँहरुलाइ कार्य सम्पादन गर्नमा पनि सहजताका लागी यो फर्निचर सहयोग गरिएको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बमले बताउनु भयो । आर्थिक वर्ष ८०÷ ८१ स्विकृत वार्षिक कार्यक्रम अन्तरगत रहेर अहिले ५ वटामा वडामा फर्निचरहरु वितरण गरिएको र आगाम दिनमा अन्य वडाहरुमा पनि फर्निचर प्रदान गर्ने योजना पालिकाको रहेको उहाँले जानकारी दिनु भयो ।

यस्तै, भीमदत्त नगरपालिकाको न्यायिक समिति सदस्य नर बहादुर सावदले नगर वासीहरुलाई न्यायमा पहुँच वृद्धी गर्नका लागी संबिधानमा नै उल्लेख भए बमोजिम भीमदत्त नगर पालिकामा रहेका सबै वडाहरुमा मेलमिलाप केन्द्र गठन गरेर स्थापना गनृे योजना बमोजिम वडामा एउटा कोठाको व्यवस्थापन गर्ने र आवस्यक पर्ने फर्निचरहरु पालिकाले प्रदान गर्ने भएपछि आज ५ वटा वडामा पालिकाले सहयोग गरेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.