कस्तो शिक्षक बन्ने ? र असल शिक्षकका गुण

महेन्द्रनगर । पढाउनु प्रक्रिया मात्र होइन, कला पनि हो । ज्ञान हुनु वा विषयमा पोख्त हुनु मात्र शिक्षणका निम्ति आवश्यक पर्ने गुण होइन । शिक्षकमा पढाउने कला पनि हुन जरुरी छ । ज्ञान अनि कला दुवै हुनु उत्कृष्ट शिक्षकको परिचय हो । अहिले २१औँ शताब्दीका विद्यार्थी शिक्षकभन्दा पहुँचका हिसाबले धेरै शक्तिशाली छन् । अहिलेका शिक्षकको चुनौती, आफू त्यो संसारमा फिट हुनु हो । त्यसका निम्ति, शिक्षक र विद्यार्थीको संवाद अनि सम्बन्धको भूमिका महत्वपूर्ण छ । शिक्षकमा विषयलाई प्रस्तुत गर्ने राम्रो कला हुनु महत्वपूर्ण छ ।
विषय शिक्षकलाई नै आफैँले पढाएको विषयमा परीक्षा लिने हो अनि अर्कैले कापी जाँच्ने हो भने सबैको उत्तर आउँदैन भने विद्यार्थीलाई सबै कुरा कसरी आउँछ रु यो कुरा शिक्षकले बुझ्न जरुरी छ । तसर्थ, विद्यार्थीसँग रिसाउने, इष्र्या गर्ने, बदला लिनेजस्ता क्रियाकलाप शिक्षकले आफ्नो शब्दकोशबाटै हटाइदिनुपर्छ ।
सबै शिक्षक जन्मिँदै राम्रो शिक्षकमा हुनुपर्ने गुण लिएर आएका हुनुपर्छ भन्ने छैन । यी गुण सिक्दै, बुझ्दै, सुधार गर्दै शिक्षकले हासिल गर्न सक्छन् । तर, यसका लागि एउटै सर्त छ, शिक्षकले आफ्नो विषय अनि आफ्ना विद्यार्थीलाई माया गर्न सक्नुपर्छ । सिकाइलाई जति भोगाइसँग जोड्न सक्यो त्यति प्रभावकारी हुन्छ । शिक्षकले विद्यार्थीमा उत्सुकता जगाउन सक्नुपर्छ ।

विद्यार्थीलाई सिक्न प्रेरित गर्न सक्नुपर्छ । साथै, पढेका कुरालाई अभ्यासमा उतार्न सके मात्र सिकाइले सार्थकता पाउनेछ ।विद्यार्थी उत्कृष्ट शिक्षक खोज्दैनन्, उनीहरू केवल आफूलाई सिक्न सक्ने वातावरण बनाइदिने शिक्षक खोज्छन् । तसर्थ, शिक्षक निकै विज्ञ हुनुपर्छ भन्ने छैन । उसले विद्यार्थीलाई बुझ्न सक्ने वातावरण बनाउन सके पुग्छ ।
आफ्नो कक्षाको प्रस्तुति, सोधेको प्रश्न, विद्यार्थीलाई दिएको उत्तर आदिको विश्लेषण गर्न सक्छन् । दोस्रो, शिक्षकले विद्यार्थीसँग उनीहरूको परिचय नखुल्ने गरी खुला प्रतिक्रिया लिन सक्छन् । विद्यार्थीको प्रतिक्रियाबाट शिक्षकले निकै सुधार गर्न सक्छन् । तर, अक्सर हामी शिक्षक प्रतिक्रिया लिन चाहँदैनौ ।
शिक्षाको मूल उद्देश्य आफूलाई अभिव्यक्त गर्नु हो ।

यदि विद्यार्थीले बिपी कोइराला वा मदन भण्डारी वा भीमसेन थापाको बारेमा निबन्ध लेख्न रुचाउँदैन भने उनीहरूको बेस्टफ्रेन्ड वा प्रेमी÷प्रेमिकाको बारेमा निबन्ध लेख्न लगाएर लेखनमा रुचि जगाउन प्रयास किन नगर्ने रु गाह्रो प्रश्नको उत्तर दिन सक्दैन भने उसलाई आउने सजिलो प्रश्नबाट सुरु गरेर उसको मनोबल किन नबढाउने रु शिक्षाको उद्देश्य कमजोरी मात्र पत्ता लगाउनु होइन, विद्यार्थीको सबल पक्षलाई उजागर गर्नु पनि हो । हामीले सिकाइलाई परिणाम बनाएर हेर्‍यौँ ।
एउटा विद्यार्थीले २० प्रश्नमा १८ वटा बिगार्‍यो भने, १८ वटा बिगार्‍यो भन्नुको सट्टा दुईटा मिलायो भन्ने मानेर उसलाई दुईबाट २० पुर्‍याउने जिम्मा किन नलिने रु हामी रातो कलम बोकेर विद्यार्थीको कमजोरी केलाउन तम्सिन्छौँ, तर हामी त्यही उत्तरपुस्तिकामा रहेको उसको सबल पक्षमा ध्यान दिँदैनौँ । अब विद्यार्थीको कमजोरी देखाउने रातो मसीसँगै विद्यार्थीको सक्षमता देखाउने हरियो मसीको प्रयोग हुन जरुरी छ ।
धेरै शिक्षकलाई हुने अर्को भ्रम भनेको शिक्षकलाई सबै आउँछ, विद्यार्थीलाई केही आउँदैन भन्ने हो । त्यस्ता शिक्षक कक्षामा गएर एकोहोरो पढाउन सुरु गर्छन्, दोहोरो संवाद गर्दैनन् । तर, समाधान संवाद अनि प्रश्नमै हुन्छ । यदि अर्जुनले कृष्णलाई प्रश्न सोध्दैनथे भने गीता लेखिँदैनथ्यो । प्रश्न सोध्नु, छलफल गर्नु नै सिकाइ हो । प्रश्न समाधान हो । तर, धेरै शिक्षकले यो बुझ्न सकेका छैनन् ।
मैले त्यस्तो शिक्षकसँग पढेको छु, जसले प्रश्न सोधेकै भरमा मलाई पिटेका छन्, कक्षाबाट निकालेका छन् । ‘मलाई प्रश्न सोध्ने रु’ भन्ने घमण्ड पालेका धेरै शिक्षक हामीले भोगेका छौँ । स्कुल पढ्दा साथीलाई अंग्रेजी नबुझेकै भरमा ट्वाइलेटमा थुन्ने अनि ‘पाइन्ट खोलिदिन्छु’ भन्दै रुवाएर सजाय दिने शिक्षक छन् भनेर विद्यार्थीले गुनासो पोख्नु न परोस्।

हामी जस्तो मान्छे पनि शिक्षक बन्न सक्छ भन्ने मानसिकताको सिकार भएका छौँ । शिक्षण त्यति सजिलो विधा होइन, हुनुहुँदैन । हाम्रोमा जीवनमा केही गर्न नसके पढाएर पनि खान्छु भन्ने मानसिकता हाबी हुँदै गएको पाइएको छ । शिक्षणलाई जागिरका रूपमा मात्र हेरिनुहुँदैन ।
शिक्षक को हुन् रु व्यवस्थापक, सहजकर्ता, स्रोतकर्ता, साथी, अभिभावक, समीक्षक, आदर्श व्यक्ति, अनुसन्धानकर्ता रु शिक्षक आवश्यकता अनुरूप सबै हुन सक्नुपर्छ । तपाईं कक्षामा होलसेलमा सम्झौता गर्न सक्नुहुन्न ।

तपाईंले प्रत्येक विद्यार्थीलाई फरक–फरक दृष्टिकोणबाट हेर्नैपर्छ । त्यसैले त एउटा कक्षामा १६ विद्यार्थीबराबर एक शिक्षक हुनुपर्छ भनिन्छ । तर, हाम्रोमा त्यो अनुपात धेरैजसो ५० विद्यार्थीबराबर १ शिक्षक रहेको छ । त्यसैले पनि शिक्षणलाई गाह्रो बनाइदिएको छ ।
सफल शिक्षकमा चार महत्वपूर्ण गुण हुन जरुरी छ । पहिलो, शिक्षकको व्यक्तित्व । विद्यार्थीले शिक्षकले के गर्छन् हेरिरहेका हुन्छन् । अधिकांश विद्यार्थीको पहिलो रोलमोडेल शिक्षक नै हुन्छन् । शिक्षकले के बोल्छन्, कसरी बोल्छन्, के गर्छन् सबै क्रियाकलाप महत्वपूर्ण हुन्छन् । विद्यार्थी शिक्षकजस्तो बन्न चाहन्छन् ।

म मेरो जीवनको उत्कृष्ट शिक्षक सम्झँदा त्यस्तो शिक्षक सम्झन्छु, जसले मलाई मनोबल दिए, मेरो हेरचाह गरे, आफ्नैबारेमा जोक बनाएर हाँसे, पढाउन छाडेर खेलको कुरा गरे ।
पानी पर्दा, कक्षा रोकेर हामीसँग अन्ताक्षरी खेले । यस्ता शिक्षकले मेरो जीवनमा ठूलो प्रभाव पारेका छन् । सायद त्यही प्रभावकै कारण, ती शिक्षकले पढाउने विषय अनि पाठप्रति मेरो रुचि बढी थियो । कोही शिक्षक विद्यार्थीभन्दा पनि पाठ्यक्रमलाई माया गर्छन् वा आफ्नो पढाउने कर्तव्य निर्वाह मात्र गर्छन् । त्यस्ता शिक्षकले हाम्रो जीवनमा खासै प्रभाव पार्दैनन् ।

अझ केही त्यस्ता शिक्षक पनि हुन्छन्, जो विद्यार्थी नै मन पराउँदैनन् । कुनै योजनाविनै पढाउँछन् । विद्यार्थीसँग चिढिन्छन् । यस्ता मानिस यो पेसामा किन छन् भनेर म वेलावेलामा छक्क पर्छु । उनीहरू आफ्नै जीवनबाट के अपेक्षा गर्दै छन् रु जागिर खान मात्र शिक्षणमा आएर सन्तुष्टि र परिणाम यो क्षेत्रले दिन सक्दैन । शिक्षा क्षेत्रमा सुधार गर्ने हो भने हामी शिक्षकले सर्वप्रथम आफूले आफ्नो सिकाउने तरिका र विद्यार्थी प्रतीको व्यवहार सुधार्नु जरुरी छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.