दार्चुला समाज कञ्चनपुरको अध्यक्षमा सावद चयन

महेन्द्रनगर । दार्चुला समाज कञ्चनपुरले आफनो पहिलो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ । शनिवार भानु पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको हो ।

प्रथम अधिवेशनबाट अध्यक्षमा भीमबहादुर सावदलाई चयन गरिएको छ भने, उपाध्यक्षमा भवानी प्रशाद पन्त, सचिवमा निरन्जन विष्ट, सहसचिव मनोज भट्ट कोषाध्यक्षमा विजया लक्ष्मी अवश्थी चयन भएका छन् ।

यस्तै सदस्यमा महादेव जोशी, मोहन ठगुन्ना, पदम विष्ट, पुर्णिमा धामी, शानती सिंह, यशोदा धामी, नरसिंह बडाल, धर्मराज जोशी,जानकी जोशी, सुरेन्द्र जोशी,मन्जु गिरी,लक्ष्मी धामी,विमला ओझा भट्ट,पूर्णानन्द जोशी,जयराज भट्ट र कृष्णसिंह साउद रहेका छन् ।

सम्बन्धित

Comments are closed.