महेन्द्रनगर । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्ट सम्मानित भएकी छिन । माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टलाई सौंराइ स्क्वायरले ‘सौराई नारी सम्मान– २०८०’ बाट सम्मान गरेको छ । माईती नेपाल जिल्ला संयोजक तथा मानव अधिकारकर्मी भट्टलाई ‘सौराई नारी सम्मान– २०८०’ कैलालीको धनगढीमा रहेको सौंराइ स्क्वायरले सम्मानित गरेको हो ।
दुई दशक देखि मानव अधिकार, मानव बेचबिखन नियन्त्रण तथा उद्धार कार्य क्षेत्रमा सक्रिय योगदानको उच्च कदर गर्दै सौराई स्क्वायरले माईती नेपाल कञ्चनपुरका संयोजक तथा मानव अधिकारीकर्मी महेश्वरी भट्टज्युलाई ‘सौराई नारी सम्मान– २०८०’ ले सम्मानित गरेको सौंराइ स्क्वायरका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले जानकारी दिएका छन् ।
बिगत लामो समय देखि माईती नेपालका संयोजक महेश्वरी माईती नेपाल कञ्चनपुरको संयोजक पदमा रहेर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा सशक्तरुपमा देखिएका छन् । यस अघि पनि दोधाराचाँदनी नगरपालिकाले समेत उनलाई सम्मान गरेको हो । सौराइ स्क्वायर धनगढीले ११४औ अतरराष्ट्रिय नारी दिवसको अवसर पारी विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ सम्मान गरेको हो ।
महिला तथा समाजमा योगदान र्पुयाएका तर राज्यको द्धष्टिकोणमा नपरेका महिलाहरुलाइ सम्मान गरिएको सौंराइ स्क्वायरका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले बताएका छन् । सम्मानित हुनेमा मानव अधिकारी तथा मानव बेचबिखन तथा उद्धारको क्षेत्रबाट माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, स्वास्थ्य क्षेत्रका जयकला रावल, पत्रकारितामा सत्ति कर्णाली डटकमका कार्यकारी सम्पादक जमुना न्युरे, अपांगता भएर पनि सफल ब्यबशायी शान्ती रोकाया, थारु कला सस्कृती सरक्षण समिक्षा चौधरी, शिक्षिका तुलसी शर्मा र समाजसेवी शारदा शाह, रहेका छन् ।
सौंराई स्क्वायरले शिक्षा, स्वास्थ्य, पत्रकारिता, मानव अधिकार, सामाजिक अभियन्ता, उद्यमी, सुरक्षा, कला क्षेत्रका महिलालाई सम्मान गर्दै आएको बताईएको छ् । यस अघि पनि स्क्वायरले विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गर्दै आएको छ् । निजी क्षेत्रको संस्था सौंराई स्क्वायरले सामाजिक उत्तरदायित्व बहन गर्दै नारी दिवसको अवसरमा महिलाहरुलाई सम्मान गर्दै आएको छ् । सुदूरपश्चिममा निजी क्षेत्रबाट विभिन्न पेशामा आवद्ध महिला सम्मान गर्ने सौंराई स्क्वायर पहिलो संस्था पनि हो ।
यसरी निजी क्षेत्र नाफा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सहभागी हुदा एउटा फरक संस्कारको अभ्यास भएको पनि देखिएको छ् । सम्मानबाट आगामी दिनमा थप काममा उर्जा थपिएको उनले बताईन ।