कृष्णपुरमा २ हजार ५ सय बढी बालबालिकालाई स्टेशनरी तथा ट्रयाकसुट वितरण हुने

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा २ हजार ५ सय बढी बालबालिकालाई स्टेशनरी तथा ट्रयाकसुट वितरण गरिने भएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ एन.एन.एस.डब्लु.ए ले एक कार्यक्रमको आयोजना गर्दै पहिलो चरणमा अति जोखिममा रहेका कृष्णपुर नगरपालिका ४ मालुबेला बाट ८२ जना बालबालिकालाई सामानहरु वितरण गरेको छ ।

एन.एन.एस.डब्लु.ए कञ्चनपुर र वल्र्ड भिजन ईन्टरन्यासनलको संयुक्त साँझेदारीमा कृष्णपुर नगरपालिकाको ५ वटावडाहरुमा संचालित बाल संक्षरण, स्पोन्सरसीप तथा समावेशी गुणस्तरिय शिक्षा परियोजना मार्फत कार्य क्षेत्रका जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु ट्रयाकसुटहरु वितरण गर्ने योजना रहेको कार्यक्रमका परियोजना संयोजक रामेश्वर जैरुले जानकारी दिनु भएको छ ।

प्रत्येक बालबालिकालाई १ थान ट्रयाकसुट, ९ वटा कपि, डटपेन ५, पेन्सिल ५, ईरेजर ५ र सापर्नर ५ वटा वितरण गरिएको थियो । कृष्णपुरका ५ वटा वडाहरु क्रमश १, २, ४, ७ र ९ मा रहेका २ हजार ५ सय ५० बालबालिकाहरुलाई ट्रयाकसुट र स्टेशनरी वितरणको औपचारिक कार्यक्रम सुरुवात भएको उहाँले जानकारी दिनुभयो ।

एकजना बालबालिकालाई ९ सय ३९ रुपैँया.६० पैसा बराबरको सामग्री रहेको र सबै सामानको एकमुष्ट लागत रु २३ लाख ९५ हजार ९ सय ८० रुपैँया खर्च लागेको परियोजना संयोजक जैरुे बताउनु भयो । यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले उल्लेखित समानहरु ८२ जना बालबालिका हरुलाई वितरण गरि शुरुवात गरिएको सो कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले जोखिममा परेका सिमान्तकृत बालबालिकालाई वितरण भएको कपडा र स्टेशनरीले उनिहरुलाई अध्यापन गर्न सहज हुने र आफनो भविष्य निर्माण गर्न पनि सहयोग मिल्ने बताउनु भयो ।

अहिले सहज रुपमा अध्ययन गर्ने वातारण भयो भने भविश्यमा सुखी हुने, उनिहरुले नै परिवार, समाज र राष्ट्रलाई योगदान दिने भएकाले बालबालिकाको समृद्धि, खुशी, सक्षमता अभिवृद्धि हुने यस प्रकारको काम निकै सरहानिय पूर्ण कार्य भएको बताउनु भयो । साथै उहाँले आयोजक संस्था एनएनएसडब्लुए र वल्र्डभिजनलाई धन्यवाद तथा आभार व्यक्त गर्नु भयो ।

कार्यक्रमका अध्यक्ष एवम संस्थाका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले सदैव गरिव, दलित र सिमान्तकृत र जोखिममा रहेका बालबालिकाकाहरुको पक्षमा काम गर्दै आइरहेको र भविष्यमा पनि निरन्तर रुपमा जोखिममा रहेका बालबालिकाको समृद्धि, हित र अधिकार स्थापनाका लागि काम गर्ने बताए । कार्यक्रममा बोल्दै वल्र्ड भिजनका कार्यक्रम प्रमुख केशव राज भट्टले बाल समृद्धि, संरक्षण र आधारभुत शिक्षामा उनिहरुको समता मुलक पहुच अभिवृद्धि गर्न वल्र्ड भिजन सदैव अग्रसर हुने बताए ।

विशिष्ठ आथित्यता वल्र्ड भिजन पश्चिम कार्यालय धनगढीका कार्यक्रम प्रमुख केशवराज भट्टले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ, सुदुरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, निवर्तमान अध्यक्ष अर्जुन शाह, संघकै सु.प. सचिव हरि जोशी र वल्र्डभिजनका कंचपुर फोकल पर्शन सुरज शर्माको विशेष आथित्यता रहेको थियो ।

सम्बन्धित

Comments are closed.