शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० प्रतिशत छुटमा घुम्न पाईने
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घुम्नका लागी अब आधा रकम लाग्ने भएको छ । यो आर्थिक वर्षसम्म निकुञ्जमा घुम्न आउनु हुने आन्तरिक तथा बाहय पर्यटकहरुलाई लाग्ने शुल्कमा आधा रकम मात्रै लाग्ने भएको हो । मंगलवारदेखी सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव पनि सुरुवात भएको छ ।
सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव उदघाटन कार्यक्रममा आफनो भनाई राख्दै नगर प्रमुख पदम बोगटीले अहिले यो आर्थिक वर्षका लागी निकुञ्जमा घुम्न आउनु हुने सबै पर्यटकहरुलाई लक्षित गर्दै प्रवेश शुल्कमा आधा रकम मात्रै लाग्ने व्यवस्था गरिएको बताउनु भयो । उहाँले बढी भन्दा बढी पर्यटकहरुलाई भित्राउनको लागी अहिले यो व्यस्थापन गरिएको बताउनु भयो ।
भीमदत्तनगर पर्यटन विकास समिति उपाध्यक्ष राजेन्द्र केसीले आन्तरिक पर्यटन प्रर्बद्धनका लागि र शुक्लफाँटा निकुञ्जमा घुमन आउने पर्यटकहरुलाई सहज होस भनेर आफुहरुले यो योजना बनाएको बताउनु भयो । यसमा निकुञ्ज भित्र घुम्न जानेहरुलाई गाडीमा लाग्ने प्रवेश शुल्कहरुमा आधा रकम मात्रै दिनुपर्ने र सबैले यो आर्थिक वर्षसम्म मज्जाले घुम्न पाउन भनेर यो व्यवस्थापन गरिएको बताउनु भयो ।
यस्तै भीमदत्त नगरपालिकाका प्रवक्ता एवम वडा नम्वर ५ का अध्यक्ष पदमराज अवश्थीले प्रदेशको पर्यटन मन्त्रालयबाट ५ लाख विनियोजन गरिएको र त्यही रकमबाट अहिले घुम्न आउनुहुने पर्यटकहरुलाई ५० प्रतिशत मात्रै रकम लाग्ने व्यवस्था गरिएको बताउनु भयो ।
गाडीमा लाग्ने २५ सय छ भने अब १२ सय ५० मात्रै दिएपनि शुक्लाफाँटा निकुञ्ज घुम्न पाईने प्रवक्ता अवश्थीले बताउनु भयो । यस्तै पर्यटक व्यवसायी परमानन्द भण्डारीले यो सरकारले गरेको व्यवस्थाले केही हदसम्ममा पर्यटकहरुलाई सजह हुने र पर्यटकहरुको संख्यमा पनि बढ्त्तोरी हुने आशा लिएको बताउनु भयो ।