शुक्लाफाँटा पर्यटन महोत्सवको पहिलो दिन रानी ताल सरसफाई

महेन्द्रनगर । मंगलवारदेखी सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । पर्यटन महोत्सवको पहिलो दिनमा निकुञ्ज भित्र रहेको रानी ताललाई सरसफाई गरिएको छ । पर्यटन र पुरातात्विक हिशावले अति महत्वपुर्ण रहेको उक्त रानी तालमा रहेका फोहरहरुलाई मंगलवार नेपाली सेना, नगर प्रहरी जनप्रतिनिधी, भीमदत्तनगर पर्यटन विकास समिति, विभिन्न गैर सरकारी संस्थाहरु, पत्रकारहरुको टोलीले तालको सरसफाई गरेको हो ।

भीमदत्तनगर पर्यटन विकास समिति उपाध्यक्ष राजेन्द्र केसीले सातौ शुक्लाफाँटा पर्यटक महोत्सवको उपलक्ष्यमा पहिलो दिनमा पर्यटक क्षेत्र रानी तालको सरसफाई गरिएको जानकारी दिनुभयो । पहिलो दिन पुरिदै गएको निकुञ्जभित्रको रानी तालमा सरसफाई गरिएको र बन्यजन्तुको खानेपानीका लागि पनि रानी ताल उपयुक्त क्षेत्र भएकाले पछिल्लो समय घाँसहरु पनि उमे्रको भएर तालको वरीपरिमा सरसफाई गरेको उहाँले बताउनु भयो ।

यस्तै महोत्सवको दोस्रो दिन आज पश्चिम सीमा नाका गड्डाचौकीमा सरसफाई गरिने, नाका भएर आउनु हुने पर्यटनको स्वागत, चरा अवलोकन, जंगलमा पैदल यात्रा, तेस्रो दिन मैत्रिपुर्ण फुटबल संचालन हुनेछ । भीमदत्त नगरका मेयर पदम बोगटीले नगरपालिकाले पर्यटन बृद्धि विकासका लागि महोत्सवलाई निरन्तरता दिदै आगामी बर्षहरुमा थप पुरस्कृत बनाउने बताउनु भयो ।

यो तालको सरसफाईलाई निरन्तर रुपमा आगामी दिनहरुमा पनि सरसफाई गरिने र यो तालमा साईबेरियन चराहरु पनि आउँने भएकाले यसको संरक्षण सम्वद्र्धन गर्न आवस्यक रहेको बताउनु भयो । साथै शुक्लाफाँटा निकुञ्ज संग जोडिएका ७ वटा पालिकाहरुसंग समन्वय गरेर आगमी दिनमा कसरी यसको उचित प्रचार प्रसार गर्न सकिन्छ यसको बाह्रै महिना संचालन कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि एक प्रकारको छलफल पनि भएको र सबै पालिकाहरु सकारात्मक देखिएको नगर प्रमुख बोगटीले बताउनु भयो ।

भीमदत्त नगरका प्रवक्ता पदम बोगटीले रानी ताल मात्रै नभएर हाम्रा अन्य ताल तलैयाहरुलाई पनि व्यवस्थित गरिने र निकुञ्जमा रहेका जनावहरुलाई यो तालमा आउने वातावरणको निमाृण गर्न पनि यो तालको सरसफाई गरिएको बताउनु भयो । महोत्सव उद्घाटन कार्यक्रममा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले आन्तरिक पर्यटन प्रर्बद्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।

पर्यटन महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आर्थिक सम्बृद्धिका लागि शुक्लाफाँटा निकुञ्जमा पर्यटन भित्र्राउनुपर्नेमा जोडदिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिसस प्रमुख बोहराले कञ्चनपुरको शुक्लाफाँटा प्रचुर सम्भावना बोकेको गन्तव्य भएकाले सरोकारवालाले पर्यटन प्रर्बद्धनका कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जैविक विविधताले भरिभराउ निकुञ्जमा जंगल सफारीदेखिका थुप्रै सम्भावना भएकाले सरोकारवाला पर्यटन प्रर्बद्धनका लागि अग्रसरमा जोडदिए । कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले कञ्चनपुरलाई बा्रहसिङ्गकै शहरको रुपमा विकसित गराउनुपर्नेमा जोडदिए । भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिका सदस्य सचिव मनोज प्रशाद भट्टले कञ्चनपुरकै पर्यटन प्रर्बद्धनका लागि मेला संचालन गर्न लागेको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.