वेदकोट नगरपालिकाद्धारा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अनुगमन तिव्र 

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अनुगमनलाई तिव्रता दिएको छ । पालिकामा रहेका विद्यालयहरुमा शिक्षाको गुणस्तर, भौतिक संरचना, सरसफाई लगायत अहिले संचालन भईरहेका परिक्षाको अनुगमन गरिएको हो । बुधवार वेदकोट नगरपालिका ७ मा रहेको श्री घटाल माध्यमिक विद्यालयमा पनि अनुगमन गरिएको छ ।

वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले अहिले विद्यालयमा संचालन भईरहेका वार्षिक परिक्षाहरु के कसरी संचालन भईरहेका छन, विद्यार्थीहरुको संख्या अनुरुप परिक्षामा सामेल भएका छन वा छैनन भनेर अनुगमन गरिएको बताउनु भयो । साथै, विद्यार्थी, शिक्षकहरुलाई हौसला दिन शान्त वातावरणमा परिक्षा संचालन भए नभएको पनि हेर्ने र शिक्षालाई गुणस्तरिय बनाउनका लागी यो अनुगमन गरिएको बताउनु भयो ।

विगतका दिनमा भन्दा अहिले शैक्षिक गुणस्तरमा पनि सकारात्मक परिवर्तन भएको, सबै विद्यार्थीहरु अध्ययन गर्न आउँने अभिभावकहरुले पनि नियमित आफना बालबालिकाहरुको शिक्षाको बारेमा चासो लिएर विद्यालयमा आएर सोध्ने पनि पाईएको नगर उपप्रमुख जोशीको भनाई रहेको छ । साथै यो परिक्षाको समयमा मात्रै नभएर आफनो टोलीले समय मिलाएर सबै विद्यालयमा अनुगमन तथा निरिक्षणमा जाने व्यवस्था मिलाएर नै काम भईरहेको उहाँले जानकारी दिनु भयो ।

यस्तै, पालिकाका प्रवक्ता एवम वेदकोट नगरपालिका वडा नम्वर ५ का अध्यक्ष चित्रदेव भट्टले सामुदायिक मात्र नभएर संस्थागत विद्यालयमा पनि हनुगमन गरिरहेको र सबै विद्यालयमा अहिले शान्त वातावरणमा अध्यापन भईरहेको र विद्यार्थीहरुको पनि सहभागिता राम्रै रहेको पाईएको बताउनु भयो । आईतवारदेखी पालिकामा रहेका २२ सामुदायिक र २६ वटा संस्थागत विद्यालयमा परिक्षा अनुसासित र मर्यादित र व्यवस्थित तवरले संचालन भए नभएको कुनै प्राविधिक समस्या त छैन भनेर अनुगमन गरिएको वेदकोट नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मञ्जु थापाले जानकारी दिनुभयो ।

विद्यालयमा रहेका विभिन्न समस्याहरुलाई पनि समाधान गर्ने गरी अहिले शिक्षा समिती नगर उपप्रमुख, नगर प्रवक्ता, सामाजिक विकास संयोजक, कार्यपालिका सदस्य लगायतको टोलीले अहिले अनुगमन गरिरहेको बताउनु भयो । घटाल माध्यमिक विद्यालयमा अहिले परिक्षा संचालन भईरहेको भएर परिक्षा के कसरी संचालन भईरहेको छ ? भनेर अनुगमन गनृका लागी टोली नै आएर अनुगमन तथा निरिक्षण गरिएको उहाँले बताउनु भयो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गणेश नेपालीले आफनो विद्यालयमा आएर वेदकोट नगरपालिकाले अनुगमन गरिदिएको प्रती धन्यवाद व्यक्त गरे । साथै, उहाँले नगरपालिकाले अहिले मात्रै नभएर अन्य विभिन्न समयमा विद्यालयमा आएर विद्यालयको भौतिक, शैक्षिक, विद्यार्थीहरुका अभिभावकहरुसंग पनि वैठक बस्ने गरी योजना बनाएर काम गर्न आग्रह गर्नुभयो । भौतिक शैक्षिक अन्य क्षेत्रको गुणस्तरका लागी पनि समय समयमा आएर अनुगमन गरिदिन आग्रह गर्नु भयो ।

यस्तै विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर भण्डारीले निरन्तर अनुगमन गरिदिने हो भने शैक्षिकस्तरमा पनि गुणस्तर आउने, समस्याहरुको समाधान गर्न सकिने भएकाले निरन्तर रुपमा अनुभवी व्यक्तीत्वहरुलाई अनुगमनमा ल्याउनु पर्ने र एक विद्यालयबाट अर्काे विद्यालयमा व्यवस्थापन समितीका पदाधिकारीहरुलाई पनि लगेर अनुगमनको व्यवस्था गर्न सक्यो भने अझै प्रभावकारी हुने बताउनु भयो ।

 

 

सम्बन्धित

Comments are closed.