१० वर्ष लगाएर बनाईएको क्याप्टेन वेद उप्रेतीको पुस्तकमाथि विमर्स

महेन्द्रनगर । कञ्चनपुरमा बुधवार क्याप्टेन वेद उप्रेतीको पुस्तक माथी विमर्श गरिएको छ । एक कार्यक्रमको आयोजना गर्दे ‘दुर्गम विस्मयलोक–भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि विमर्श गरिएको हो ।

पुस्तक विमर्श कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले विगतका दिनदेखी नै सुदूरपश्चिमका विभिन्न पर्यटकिय क्षेत्रहरुलाई फरक तवरले चित्र मार्फत भिडियो मार्फत उजागर गर्नु भएका क्याप्टेन उप्रेतीले अन्तराष्टिय स्तरमा यहाँका क्षेत्रको पहिचान दिनमा महत्वपूर्ण भुमिका खेल्नु भएको बताउनु भयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले सुदूरपश्चिममा रहेका नयाँ नयाँ पर्यटकयि क्षेत्रहरुको अवलोकन भिडियो मार्फत र चित्र मार्फत चिनाई रहनु भएका क्याप्टेन उप्रेतीले अब पुस्तक मार्फत पनि विभिन्न ज्ञान दिने प्रयाश अत्यन्तै सराहनिय र सम्मान जनक रहेको बताउनु भयो ।

आफुहरुलाई पनि पर्यटकको क्षेत्रमा थप अब केही गर्नु पर्छ है भन्ने भित्रेदेखी मनन गर्न बाध्य पार्ने खालका आफनै क्षेत्रको विषयमा लेखेर जानकारी दिनु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । क्याप्टेन उप्रेतीले सुदूरपश्चिमको सुन्दरता पुस्तकमार्फत व्यक्त गर्न खोजेको बताउँदै प्रदेशका प्रत्येक जिल्लाका पर्यटकीय स्थल र यहाँका सम्भावनाबारे पुस्तकमा उल्लेख गरिएको बताउनु भयो । उहाँले यो पुस्तकमा सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा चिनाउन खोजेको जानकारी दिनुभयो ।

उनले सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आवश्यक रहेको बताउँदै ‘पर्यटन क्षेत्रमा जति गर्न सक्नुपर्ने थियो त्यति गर्न नसकिएको बताउनु भयो । ’पर्यटन क्षेत्रको विकास गर्न सुदूरपश्चिम सरकारको अहम भुमिका रहेको भएपनि प्रयास नभएर नै कतिपय पर्यटकिय क्षेत्रहरु ओझेलमा पर्ने बताउनु भयो ।

यो पुस्तक गत २६ फागुनमा काठमाडौँमा लोकार्पण गरिएको थियो । पुस्तकमा सुदूरपश्चिमका पर्यटकीय स्थल र पर्यटनका सम्भावनाहरूलाई शब्द चित्रमार्फत उजागर गरिएको छ । पुस्तक १२० पृष्ठको छ । पुस्तकमा पर्यटकीय वास्तविक परिदृश्य र ती स्थलको विकासपछिको अवस्थाको कल्पना गरिएका ९४ ओटा तस्बिर समावेश छन् ।

पुस्तकमा सुदूरपश्चिमको भौगोलिक अवस्था विकट भए पनि आफैँमा सुन्दर रहेको चित्रण गरिएको छ । नेपाली र अंग्रेजी दुवै भाषामा विषयवस्तुको वर्णन गरिएको यो पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए । पुस्तकका लेखक वेद उप्रेतीले १० वर्ष लगाएर पुस्तक तयार गरिएको बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.