समाजसेवी मल्लले अनाथ बालबालिकाहरुलाई विद्यालय पोशाक सहयोग गर्ने

महेन्द्रनगर । समाजसेवी विनय प्रकाश मल्लले अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने भएका छन । आउँदो नयाँ शैक्षिकसत्रलाई लक्षित गर्दै समाजसेवी मल्लले डडेल्धुराको अमरगढी नगरपालिका भित्रका कक्षा १२ सम्म अध्ययन गर्ने बुवा आमा गुमाएका अनाथ टुहुरा बालबालिकाहरुलाई अध्ययन गर्न सहज होस भनेर विद्यालय पोशाक र टाउजर सहयोग गर्ने भएका हुन् ।

उनले एक सुचना सार्वजनिक गर्दै आफु अध्ययनरत विद्यालयका शिक्षकहरु, समाजसेवी, पत्रकारहरु मार्फत जानकारी दिन पनि आग्रह गरेका छन् । मिहिनेती, पढाईमा अब्बल भएर पनि आर्थिक अवस्था कमजोर भएकाहरुलाई केही भएपनि राहत होस भनेर आफुले व्यक्तीगत रुपमा विद्यालय पोशाक टाउजर वितरण गर्ने समाजसेवी मल्लले जानकारी दिनु भयो ।

डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्दै आएका छन् । डडेल्धुरा घर भईहाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् ।

साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् । उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् ।

जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् । सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ ।

समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन । जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् ।

सम्बन्धित

Comments are closed.