महेन्द्रनगर । कञ्चनपुरमा ५९ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस भव्यताको साथ मनाईएको छ । वेदकोट नगरपालिकाको आयोजनामा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय बहादुरसिह थापा रहनु भएको थियो भने वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा को सभापतित्व रहेको थियो । यस्तै बिशिष्ट अतिथीमा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी रहनु भएको थियो ।
जातीभेद एवम रंगभेद विरुद्ध कारवाहीका लागी आवाज उठाऔँ र आत्मसम्मान, समानता र सामाजिक न्याय सहितको समृद्धीका लागी राजनितिक हक जाति छुवाछुत तथा सबै प्रकारका विभेद अन्त्यका लागी दलित अधिकार दशक भन्ने मुल नाराको साथमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा आफनो भनाइ राख्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय बहादुरसिह थापाले जातिय विभेदको आन्दोलन दक्षिण अफ्रिका देखी सुरु भएको अहिले वेदकोट नगरपालिकामा पनि कार्यक्रम गरेर मनाई रहँदा सबैको प्रतिनिधित्व रहेको महसुस गरेको बताउनु भयो ।
उहाँले यो समुदायले दिएको महत्वपूर्ण मतले नै आज आफु यो ठाँउमा पुग्न सकेको बताउँदै आगम िदिनमा पनि दलित समुदायका हक अधिकारका लागी आफुले निरन्तर काम गर्ने र आफुले भन्ने ठाँउमा खुलेर अभियानमा लाग्ने पनि बताउनु भयो । विगतका दिनहरुमा भन्दा अहिले धेरै परिवर्तन देखेको बताउनु भयो । साथै पालिकाले पनि यो समुदायका लागी विषेश बजेट विनियोजनगरी रोजगार मुलक तालिम दिन आग्रह गर्नु भयो ।
कार्यक्रमका सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले देशमा आएको नयाँ संबिधानले पनि दलितहरुलाई राज्यमा पहुँच दिनका लागी अनिवार्य रुपमा दलितको प्रतिनिधित्व हुनुपर्ने नियमको निर्माण गरेको बताउनु भयो । साथै पालिकाले पनि दलित लक्षित विभिन्न स्वरोजगार दिने तालिमहरुको आयोजना गरी उहाँहरुलाई आय आर्जनमा पनि सहज बनाएको बताउनु भयो ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले अहिले तुलनात्मक रुपमा समुदायमा रहेको जातिय विभेदमा धेरैे परिवर्तन भएको बताउनु भयो । कुनै पनि हालतमा विभेद हुनु अपराध भएकाले विभेद कसैले कसैलाई पनि गर्नु नराम्रो भएकाले सोच विचार ठुलो सानो भनेर हेप्न नपाईने संबिधानमा नै उल्लेख भएको भएर सबैलाई समान व्यवहार हुनु पर्ने बताउनु भयो । पाएको अधिकारको कार्य गर्न पाउँनु पर्ने बताउनु भयो ।