कञ्चनपुरको महाकाली अस्पतालमा कोरोना जाच कक्ष ‘कोरोना टेस्टिङ्ग बुथ’ बनाइयो

कञ्चनपुरको महाकाली अस्पतालमा कोरोना जाच कक्ष ‘कोरोना टेस्टिङ्ग बुथ’ बनाइएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायले भीमदत्त नगरपालिका र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा अस्पतालमा पीपीई आवश्यक नपर्ने गरी कोरोना जाँच कक्ष ‘कोरोना टेस्टिङ्ग बुथ’ बनाएको हो ।

अब महाकाली अस्पतालका स्वास्थ्यकर्मीले पीपिई अर्थात पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ नलगाएर कोरोना भाइरस(कोभिड १९) संक्रमणको आशंका गरिएका व्यक्तिको स्वास्थ्य जाँच गर्न सक्ने भएका हुन् ।

यो अस्पतालका लागि ठूलो उपलब्धि भएको बताउदै अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना महामारीको बेलामा पीपीईको अभाव रहेको यस्तो अवस्थामा बुथ निर्माण हुनु एकदमै राम्रो भएको बताउनु भयो । कोरोना महामारीमा पीपीई अभाव हुने चिन्तालाई बुथले हटाइदिएको अध्यक्ष जोशीले बतााउनु भयो ।

विश्वभर कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि कोरियामा पीपीईको विकल्पमा बुथ निर्माण गरिएका छन् । नेपालमा राष्ट्रिय अनुसन्धान केन्द्रले कोरियाली प्रविधिमा सुधार गरी पीपीईको विकल्पमा निर्माण गरिएको बुथलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालले अस्पतालबाट सुरु गरेको हो ।

कोरोना महामारी फैलिएपछि कोरियामा यस्तो प्रकारको बुथ निर्माण गरिएका र त्यहाँ टेलिफोन बुथ समेत जाँचका लागि प्रयोग गरिएका सुदूरपश्चिञ्चाल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विभागीय प्रमुख इन्जिनियरिङ्ग तोरण प्रसाद भट्टले बताउनु भयो ।

नेपालमा त्यसैलाई सुधार गरी राष्ट्रिय आविस्कार केन्द्रले बनाइ रहेको छ । केन्द्रसँग सहकार्य गरी अस्पतालमा बुथ निर्माण गरिएको छ । इन्जिनियर भट्टले विश्वविद्यालयका उपकुलपति डा. अमरराज जोशीसँग समन्वय गरी सामाजिक उत्तरदायित्वका रुपमा बुथ निर्माण गरिएको बताउनु भयो ।

बाहिरबाट हावा छिर्न नसक्ने गरी बनाइएको बुथभित्र बसेर अस्पतालका चिकित्सक वा अन्य स्वास्थ्यकर्मी पीपीई नलगाई संक्रमणको आशंका गरिएका व्यक्तिको स्वास्थ्य जाँच गर्न सक्ने छन् । एक पटक एकजनाले स्वास्थ्यकर्मी र संक्रमणको आशंका गरिएको व्यक्तिको जाँच गर्न मिल्ने गरी बुथ निर्माण गरिएको छ ।

यसमा डा. भित्र हुन्छन् भने आशंका गरिएका व्यक्ति बाहिर हुने इन्जिनियर भट्टले बताउनु भयो । महाकाली अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मीका लागि हालसम्म ४० ओटा पीपीई आएका छन् । बुथ निर्माण गरिएपछि अस्पतालमा कोरोना संक्रमण जाँचका लागि सहज भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरीकुमार श्रेष्ठले बताउनु भयो ।

यो बुथबाट शंस्कास्पद व्यक्तिको स्वाव संकलन लगायतका जाँचमा सहज हुने निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.श्रेष्ठले बताउनु भयो । डा. श्रेष्ठले अस्पतालमा अहिलेसम्म पीपीईको अभाव नभए पनि कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दा समस्या आउने सक्ने बताउनु भयो ।

महाकाली अस्पतालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ४१ जनाको स्वाब जाँच गरिएको छ । अस्पतालको आइसोलेसनमा राखिएका ९ जना स्वाब परीक्षणपछि घर फर्किएका छन् ।

घर फर्किएका सबैको नतिजा नेगेटिभ आएको थियो । अस्पतालमा हरेक दिन दिउँसो २ः३० देखि एक घण्टासम्म अस्पतालमा संक्रमणको आशंका गरिएका व्यक्तिको जाँच हुने गरेको छ ।

सुदुरपश्चिम विश्वविद्यालयका विभिन्न आंगिक क्यापसहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पहल गरि रहेको विश्वविद्यालयका सुचना अधिकारी गोविन्द पन्तले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.