महेन्द्रनगर । आदर्श नेपालको २६ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रवार सम्पन्न भएको कार्यक्रममा सर्वसम्मती रुपमा अध्यक्षमा अध्यक्षमा महाशर्मा न्यौपाने, उपाध्यक्षमा लक्ष्मीदेबी बोहरा जिसी, महासचिव दिपेन्द्रप्रशाद सावद ,सचिव मिना कुँवर ठगुन्ना, कोषाध्यक्ष गुणाकर शर्मा चयन भएका छन् ।
यसैगरी सदस्यमा गौरव अवश्थी, गणेश राज पन्त, भक्ती दवाडी, शारदा विष्ट, चन्द्रा देवी ऐर र खडकबहादुर शाह चयन भएको आदर्श नेपालका सदस्य सुरेश कुवँरले जानकारी दिनु भयो । कार्यक्रममा आपनो भनाई राख्दै कार्यत्रमका प्रमुख अतिथी समाजसेवी विनोद विष्टले विगतदेखी संस्थाले समाजमा भएका विकास निर्माणका कार्यमा मात्रै नभएर युवाहरुको सर्वाङगिण विकासमा खेलकुदमा अहम भुमिका निभाएको बताउनु भयो ।
समुदायको आर्थिक र सामाजिक विकासका लागी निरन्तर अगाडी बढी रहेको गरीमामय संस्थाको प्रगतीको कामना रहेको बताउनु भयो । यस्तै कार्यक्रमका सभाध्यक्ष गणेश दत्त बोहराले अहिले युवाहरु अधिकाँश कुलतमा फसेको सन्दर्भमा यो संस्थाले विगत देखी नै समाजमा कुलत विरुद्धको अभियानहरु संचालन गरी जनचेतना मुलक कार्यक्रमहरु गरेको बताउनु भयो ।
साथै संस्थाले युवाहरुलाई कुलतमा जानका लागी रोक्न विभिन्न समयमा खेलकुदहरुको आयोजना गर्दै उनिहरुलाई आफनो भविष्य निर्माण गर्नमा सहयोग गरेको बताउनु भयो । यस्तै, बिशिष्ट अतिथीमा निवर्तमान अध्यक्ष लिलाध्वज बस्नेत लगायतको उपश्थिती रहेको थियो । यस्तथै संस्थाले ११ जना जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरेको छ । यस्तै खेलकुदमा राम्रो भएका खेलाडीहरु र युवा पुरस्कारमा सुरेश कुवँरलाई नगदसहित सम्मान गरेको छ ।
Comments are closed.