महेन्द्रनगर । अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय तत्कालिन अध्यक्ष ३२ वर्षीया चेतनदिप अयडीको हत्या आरोपित १२ जनालाई चैत्र १२ गते पक्राउ गरेको छ । फरार आरोपीत ३३ बर्षीय नर अयडी, नरेश अयडी, २५ बर्षीय मंगल अयडी, ३३ बर्षीय मोहन बहादुर अयडी, २७ बर्षीय नविन अयडी, २२ बर्षीय लोकेश अयडी, २३ बर्षीय जीवन अयडी, ३२ बर्षीय उद्धव अयडी, ३८ बर्षीया अनिता रौले अयडी, ३६ बषीया धना देवी अयडी, ४५ बर्षीय पदम बहादुर अयडी र ३२ बर्षीया ईश्वरा देवी अयडीलाई सदरमुकाम मार्तडीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताए ।
०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका ७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदिप अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित पक्षको आरोप छ ।
घटनाका आरोपी नर अयडीलाई अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाजुराका युवाहरूले गिरफ्तार गरी प्रहरीलाई बुझाएको युवा सघ बाजुराका अध्यक्ष मिलन अयडीले बताउनु भयो । अन्य ११ जनालाई प्रहरीले गोप्य सूचनाका आधारमा गिरफ्तार गरिएको प्रहरी निरिक्षक भण्डारीले जानकारी दिए ।
Comments are closed.