महेन्द्रनगर । मंगलवार साँझ महेन्द्रनगरको खुला मञ्चको पछाडी फेला परेको शवको पहिचान हुन सकेको छैन् । महेन्द्रनगरको खुला मञ्चको पछाडी एक पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगलिे मातहतमा रहेको सबै कार्यालयमा मृतकको तस्विरहरु पठाई सकेको र अनुसन्धान भईरहेको बताउनु भयो ।
प्रहरीका अनुसार खुला मञ्चको पर्खाल पछाडी भीमदत्त नगरपालिकाले सब्जीमन्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवन संरचनाको पछाडीको रुखसँग टासिएको अवस्थामा शव फेला परेको थियो ।
Comments are closed.