आजबाट एसइई सुरु,कञ्चनपुरबाट १० हजार बढीको सहभागिता

महेन्द्रनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कञ्चनपुरबाट १० हजार बढी छात्रछात्राहरुले सहभागिता जनाएका छन् । आज विहिवारदेखी सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कञ्चनपुरबाट ४ हजार ९ सय ५९ छात्र, ५ हजार तीन सय ७६ छात्रा गरेर १० हजार तीन सय ३५ विद्यार्थीको सहभागिता रहेको हो । कञ्चनपुरमा ३५ परीक्षा केन्द्रको स्थापना गरिएको शिक्षा विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ । विहिवार बिहानदेखि सुदूरपश्चिममा एकैसाथ परीक्षा सुरु हुने भएको छ ।

सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउने लगायत काम सकिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाबाट परीक्षा दिन नियमित, ग्रेडवृद्धि, प्राविधिक धारतर्फ गरेर २७ हजार दुई सय ४४ छात्र र २७ हजार सात सय ६६ छात्रा गरेर ५५ हजार १० विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् । साधारण (नियमिततर्फ) छात्र २५ हजार ८८, छात्रा २५ हजार सात सय २६ गरेर ५० हजार आठ सय २४, ग्रेडवृद्धितर्फ छात्र एक हजार १७, छात्रा एक हजार तीन सय २६ गरेर दुई हजार तीन सय ४३, प्राविधिक धारतर्फ नियमिततर्फ छात्र एक हजार एक सय ३९, छात्रा सात सय चार गरेर एक हजार ८ सय ३३ छन्।

प्रदेशमै सबैभन्दा बढी कैलालीका विद्यार्थी छन्। ५३ परीक्षा केन्द्र रहेको कैलालीमा ९ हजार तीन सय २२ छात्र, ९ हजार तीन सय ८९ छात्रा गरेर १८ हजार सात सय २० २५ परीक्षा केन्द्र रहेकोे बैतडीमा छात्र दुई हजार चार सय ५७, छात्रा दुई हजार ६ सय ३० गरेर पाँच हजार ८७, २४ परीक्षा केन्द्र रहेको अछाममा छात्र दुई हजार चार सय ८३, छात्रा दुई हजार चार सय ६७ गरेर चार हजार ९५० र १९ परीक्षा केन्द्र रहेको बझाङमा छात्र दुई हजार दुई ६६, छात्रा दुई हजार एक सय १४ गरेर चार हजार तीन सय ८० विद्यार्थी रहेका छन्।

त्यस्तै १२ परीक्षा केन्द्र रहेको डोटीमा छात्र एक हजार ६ सय १३, छात्रा एक हजार ६ सय ८४ गरेर तीन हजार दुई सय ९७, १५ परीक्षा केन्द्र रहेको बाजुरामा छात्र एक हजार पाँच सय ३९, छात्रा एक हजार तीन सय ९५ गरेर दुई हजार ९ सय ३४, १६ परीक्षा केन्द्र रहेको दार्चुलामा छात्र एक हजार तीन सय ५१, छात्रा एक हजार तीन सय ९९ गरेर दुई हजार सात सय ५० र १२ परीक्षा केन्द्र रहेको डडेल्धुरामा छात्र एक हजार दुई सय ५४, छात्रा एक हजार तीन सय तीन गरेर दुई हजार पाँच सय ५७ विद्यार्थी सहभागी हुँदै छन्।

प्रदेशका नौवटै जिल्लामा दुई सय ११ परीक्षा केन्द्र रहेका छन्। उक्त परीक्षा केन्द्रहरूमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी, प्रहरी, विद्यार्थी सहयोग गरेर ८ हजार एक सय ४३ कर्मचारी खटिनेछन्। दुई सय ११ केन्द्राध्यक्ष, तीन सय ७४ सहायक परीक्षा केन्द्रध्यक्ष, दुई हजार सात सय ४३ निरीक्षक, पाँच सय ५५ सहायक कर्मचारी, तीन हजार दुई सय ६५ प्रहरी, एक हजार ९५ विद्यालय कर्मचारी खटिनेछन् ।

दार्चुलामा चार सय ९५, डोटीमा चार सय ८५, बाजुरामा पाँच सय एक, बैतडीमा आठ सय ३७, डडेल्धुरामा ४१५, कैलालीमा दुई हजार चार सय ५६, अछामा आठ सय १३, कञ्चनपुरमा एक हजार चार सय ५४ र बझाङमा ६ सय ८७ कर्मचारी खटिनेछन् ।

शिक्षा विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी कृष्णबहादुर बोहराले एसइईको तयारी अन्तिम चरणमा पुगेको बताए । परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पुगाइ सकिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.