कञ्चनपुरमा श्रिमानको कुटाईबाट श्रिमतीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा श्रिमानको कुटाईबाट श्रिमतीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१८ सालघारीका ३४ वर्षीय बलराम थारुले आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीलाई कुटपिट गरेका थिए । उनको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले हत्या गरेको आरोपमा बिहीवार दिउँसो उनलाई पक्राउ परेका गरेको बताएका छन् ।

बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.