कञ्चनपुरका पत्रकारले होली खेलेको रकमबाट बृद्धा आश्रममा सहयोग
कञ्चनपुरका पत्रकारले होली खेलेको रकमबाट बृद्धा आश्रममा सहयोग
महेन्द्रनगर । कञ्चनपुरका पत्रकारहरुले यस बर्ष होली खेलेको रकमबाट बृद्धआश्रममा सहयोग गरेका छन् । बेदकोट नगरपालिका ७ र ८ रौटेलामा रहेको बैजनाथ बृद्धआश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुलल सहयोग गरेका हुन । विभिन्न संचार माध्ययमा कार्यरत जिल्लाका पत्रकारहरुले होली खेलेर रौटेला बृद्धआश्रममा फलफुलका साथै मासु चिउरा समेत वितरण गरेका छन ।
पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव राजेन्द्र अवश्थीले एक कार्यक्रमका विच पत्रकारहरुको उपस्थितिमा बृद्ध आश्रममा फलफुल वितरण गरिएको बताए । समाजिक कार्य गर्ने उदेश्यका साथ बृद्धआश्रममा होलीबाट संकलन भएको रकमबाट सक्दो सहयोग गरिएको उनले बताए ।
यस अघि पत्रकारहरुले बाल अनाथालयमा शैक्षिक समाग्री एवं खेलकुद समाग्री सहयोग गरेका थिए । नियमित कामका साथै पत्रकारहरुले एकातिर होली पर्व खेलेर धर्म संस्कृतिको सरक्षण अर्कातिर समाजिक काम गरेको भन्दै समाजका अगुवाहरुले पत्रकारहरुप्रति आभार प्रकट गरेका छन ।
Comments are closed.